News Category 2073/05/14
मधेश प्रिमियर लिग कात्तिक २ देखी
दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
आगामी कात्तिक २ गतेदेखी राजविराज र जनकपुरमा संयुक्त रुपमा मधेश प्रिमियर लिग सिजन २ क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।
मधेशी इन्जिनियर्स स्टुडेण्ट युनियनको आयोजना संचालन हुन लागेको सो क्रिकेट प्रतियोगिता नक आउट चरणमा हुने आयोजक समितिले सोमबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
मधेशका जिल्लाहरुबाट १६ क्लबहरुको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालका ख्याती प्राप्त क्रिकेट खेलाडीहरुको समेत सहभागिता रहने जनाइएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन खेल जनकपुरमा तथा समापन एवं फाइनल खेल राजविराजमा हुने आयोजक समितिका उपाध्यक्ष पवन दासले जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेतालाई रु. १ लाख १ हजार, उपबिजेतालाई ५१ हजार, म्यान अफ द सिरिजको पुरस्कार एलइडी टिभि, म्यान अफ द म्याचको पुरस्कार कप, टुर्नामेन्टका बेस्ट बलर र बेस्ट ब्याट्सम्यान साइकल र टुर्नामेन्टका अलराउण्डरलाई रु. ५ हजार नगद पुरस्कार दिने जानकारी दिइएको छ ।
मधेशका युवाहरुलाई क्रिकेटमा अगाडी बढाउनका लागि तथा राष्ट्रिय क्रिकेटमा आफ्नो सहभागिता जनाउनका लागि मधेशी इन्जिनियर्स स्टुडेण्ट युनियनले उ्रक्त प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष संजिव नारायण यादवले जानकारी दिनुभयो । सो पत्रकार सम्मेलनमा आयोजक समितिका सचिव ई. अमित पाठक, सदस्य तिर्थ नारायण दास, राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र चौधरी, पार्थो सरकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ