News Category 2073/05/14
मधेश प्रिमियर लिग कात्तिक २ देखी
दैनिक समाचारदाता
राजविराज, १३ भदौं ।
आगामी कात्तिक २ गतेदेखी राजविराज र जनकपुरमा संयुक्त रुपमा मधेश प्रिमियर लिग सिजन २ क्रिकेट प्रतियोगिता संचालन हुने भएको छ ।
मधेशी इन्जिनियर्स स्टुडेण्ट युनियनको आयोजना संचालन हुन लागेको सो क्रिकेट प्रतियोगिता नक आउट चरणमा हुने आयोजक समितिले सोमबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
मधेशका जिल्लाहरुबाट १६ क्लबहरुको सहभागिता रहने उक्त प्रतियोगितामा नेपालका ख्याती प्राप्त क्रिकेट खेलाडीहरुको समेत सहभागिता रहने जनाइएको छ ।
उक्त प्रतियोगिताको उद्घाटन खेल जनकपुरमा तथा समापन एवं फाइनल खेल राजविराजमा हुने आयोजक समितिका उपाध्यक्ष पवन दासले जानकारी दिनुभयो ।
प्रतियोगिताका बिजेतालाई रु. १ लाख १ हजार, उपबिजेतालाई ५१ हजार, म्यान अफ द सिरिजको पुरस्कार एलइडी टिभि, म्यान अफ द म्याचको पुरस्कार कप, टुर्नामेन्टका बेस्ट बलर र बेस्ट ब्याट्सम्यान साइकल र टुर्नामेन्टका अलराउण्डरलाई रु. ५ हजार नगद पुरस्कार दिने जानकारी दिइएको छ ।
मधेशका युवाहरुलाई क्रिकेटमा अगाडी बढाउनका लागि तथा राष्ट्रिय क्रिकेटमा आफ्नो सहभागिता जनाउनका लागि मधेशी इन्जिनियर्स स्टुडेण्ट युनियनले उ्रक्त प्रतियोगिताको आयोजना गर्न लागेको अध्यक्ष संजिव नारायण यादवले जानकारी दिनुभयो । सो पत्रकार सम्मेलनमा आयोजक समितिका सचिव ई. अमित पाठक, सदस्य तिर्थ नारायण दास, राष्ट्रिय क्रिकेट खेलाडी दिपेन्द्र चौधरी, पार्थो सरकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ