News Category 2073/05/18
अबैध घरेलु मदिरासहित तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ भदौं ।
सप्तरी प्रहरीले अवैध मदिरा नियन्त्रण गर्ने अभिायनालाई निरन्तरता दिँदै पुन अवैध तरिकाबाट उत्पादन गर्ने मदिरा तथा तीन जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको प्रहरी टोलीले शम्भुनाथ नगरपालिका १ स्थित पुर्ब पश्चिम राजमार्गमा चेकजाँच गर्ने क्रममा सोही स्थान निवासी झोली सदाको साथबाट १५ लिटर मदिरा बरामद गरेको छ ।
त्यस्तै ईप्रका कडरबोनाबाट खटिएको गस्ती टोलीले मदिरा बिक्री बितरण गर्दै गरेको अवस्थामा जिल्लाको मल्लहनवा ५ निवासी सकलदेव चौधरीको पसलबाट ७ लिटर र बासुदेव चौधरीको पसलबाट ८ लिटर घरेलु रक्सी बरामद गर्नुका साथै उनीहरु दुबैलाई नियन्त्रणमा लिएको जनाएको छ ।
त्यसैगरि प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको प्रहरी टोलीले सोही स्थान निवासी सचितादेबी साहको भट्टिबाट ७ लिटर मदिरा बरामद र मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको जनाएको छ । त्यस्तै तेजु रामको भट्टिबाट ७ लिटर मदिरा र उत्पादन गर्ने भट्टि, अजय मण्डलको पसलबाट १५ लिटर मदिरा बरामद गरेको छ ।
यसगरि सन्तोस साहको भट्टिबाट ३० लिटर मदिरा बरामद, मदिरा उत्पादन गर्ने भट्टी नष्ट तथा सुरेश साहको पसलबाट ५ लिटर मदिरा बरामद गरेको छ भने ठाकुरलाल मण्डलको पसलबाट ३० लिटर मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै अजय नारायण साहको पसलबाट २० लिटर मदिरा बरामद, मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको जनाएको छ ।
त्यसैगरि इप्रका कन्चनपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थान निवासी जगधर प्रसाद साहको घरबाट ५ लिटर मदिरा, राजेश श्रेष्ठको घरबाट ५ लिटर मदिरा, राजकुमार साहको घरबाट मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ ३० लिटर र मदिरा उत्पादन गर्न प्रयोग गरिने भाडा १७ थान समेत बरामद गरेको जनाएको छ ।
त्यस्सै ईप्रका रुपनीबाट खटिएको प्रहरी टोलीले तेरहौता ५ बस्ने गंगा श्रेष्ठको घरबाट मदिरा बनाउन प्रयोग गरिने भाडा १० थान बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ