News Category 2073/05/19
एक सय एक सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरी गठन
राजविराज÷अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरीको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमबाट रामचन्द्र यादवको अध्यक्षतामा १ सय एक सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरी गठन गरिएको छ ।
सो समितिमा उपाध्यक्ष सिफेट मंडल, भोला प्रसाद यादव, सचिव जुगेश्वर सरदार, सहसचिव डम्बर यादव र कोषाध्यक्ष श्री प्रसाद सदा रहेका छन् ।
त्यसैगरि सदस्यहरुमा उपेन्द्र सदा, दशरथ सदा, उमेश सदा, शंकर सदा, कमल सदा, नारायण सदा, हरि सदा, विशु सदा, शम्भु यादव, काली चरण सदा, अशोक सदा, अशोक सदा, बिनोद चौधरी, अशोक खंग, महेन्द्र यादव, कारी सदा, शेखर सिंह, लल्कु सदा, राजु सदा, हरेराम यादव, कामेश्वर सदा, रामेश्वर सदा, संतोष सदा, बद्री सदा, अरुण सदा, शिवा साह, सुरेश सदा लगायत रहेका छन् ।
सो कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी) केन्द्रका पि.वी.एम तथा २. नं. क्षेत्रका सांसद अशोक कुमार मण्डल “अमर” ले जिल्लामा हालै मनपरी तथा एक पक्षीय ढंगले जनवर्गिय तथा पेशागत संगठनहरुको गठन अमान्य र अवैधानिक भएको भन्दै त्यस्ता समितिलाई पार्टीले मान्यता नदिने बताउनु भएको छ ।
उहाँले जिल्लामा नेकपा माओवादी केन्द्रमा एकिकरण सबै पक्षलाई नसमेटी एक पक्षिय ढंगले गठन गरिएको विभिन्न समितिलाई पार्टीले अवैध भन्दै त्यस्ता समितिलाई मान्यता नदिने जानकारी दिनुभयो । उहाँले जिल्लामा मजदुरको खोल ओढेर केही व्यक्ति आफ्नो दुने सोझो गरेकोले अबको नेतृत्वले मजदुरको हक, अधिकार, पेशागत सुरक्षा, शिक्षा, स्वास्थ्य, मजदुर विमा, ज्यालाको बढोत्तरी, मजदुर विश्रामस्थल लगायतको विषयमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरि सोही कार्यक्रममा माओवादी केन्द्रका पि.वि.एम. महेश यादवले मजदुरको हकहितमा काम नगर्नेलाई मजदुर संगठनमा स्थान नदिन आग्रह गर्दै मजदुरको हकहितमा काम गर्नेलाई नेतृत्व स्थान्तरण गर्नु पर्नेमा जोड दिनुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य संजय साहको अध्यक्षतामा सम्पन्न भेलाले तथा प्रशिक्षण कार्यक्रममा प्रेस सेन्टर नेपाल प्रदेश नं. २ का संयोजक देवराम यादव, प्रेस सेन्टर नेपाल सप्तरीका वरिष्ठ उपाध्यक्ष डम्बर राई, उपाध्यक्ष बिन्दु यादव, माओवादी केन्द्रका आयोजक समिति सदस्य धर्मेन्द्र चौधरी, बसन्त मंडल, लक्ष्मण यादव, राम गमन साह, कृष्ण मंडल, सिफेट मंडल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ