News Category 2073/05/20
अत्याधिक रसायन प्रयोग गरिएको केरा बरामदपछि नष्ट विभिन्न पसल तथा प्याथोलोजिमा समेत अनुगमन
दैनिक समाचारदाता
राजविराज, १९ भदौं ।
चाड पर्वको मु्खमा बजार अनुगमन समिति सप्तरीले आईतबार राजविराजमा काचो केरामा अत्याधिक रसायन छर्केर पकाउँदै गर्दा ४५ घरी केरा बरामद गरि नष्ट गरिएको छ । त्यस्तै विभिन्न पसलहरुबाट म्याद गुज्रिएको सामानका साथै प्याथोलोजि क्लिनिकहरुमा समेत अनुगमन गरिएको छ ।
राजविराजको विभिन्न स्थानमा रहेको केराको गोदाममा छापा मार्दै अनुगमन समिति सो मात्राको केरा बरामद गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
अनुगमन समितिका खाद्य निरिक्षक सुरेश सिंहले काचो केरामा रसायनिक कार्बेटको धुलो मिसाएर गोदाममा राखिएको अवस्थामा बरामद गरिएको जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले आइतबार पहिलो पटक केरामा अत्याधिक रसायन प्रयोग गरेको अवस्था बरामद गरिएको तर दोश्रो पटक त्यस्ता कार्य गरिएको पाइएमा व्यापारी समेतलाई पक्राउ गर्ने बताउनुभयो ।
बरामद गरिएको केराहरु आइतबारै राजविराज नगरपालिकाको कम्पाउण्डमा खाल्डो खनी नष्ट गरिएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रजिअ रामेश्वर अर्यालको नेतृत्वमा खटिएको सो अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण प्रसाद भट्टराई, खानेपानी कार्यालयका प्रतिनिधि, घरेलु तथा साना उधोग कार्यालयका उद्योग अधिकृत राधाकृष्ण पोखरेल, संचारकर्मी सहितहरुको उपस्थिति रहेको थियो ।
सो बजार अनुगमन टोलिले राजविराज नगरपािलका ७ का विभिन्न स्टोर तथा फलफुल पसल तथा प्याथोलोजी ल्याब समेतको अनुगमन गरि कार्बाही गरेको छ ।
अनुगमन टोलीले राजविराज ७ मा रहेको श्याम नारायण दासको पसलबाट ८ घरी केरा, गौरव सिहंको पसलबाट १३ घरी केरा, हिरालाल दासको पसलबाट ८ घरी केरा, सागर कुमार दासको पसलबाट १७ घरी कार्बेट नामक बिषादि प्रयोग गरी जबरजस्ति पकाइएको केरा बरामद गरी नष्ट गरिएको जनाएको छ ।
त्यसैगरी राजविराज वडा न ३ र ७ मा रहेका प्याथोलोजी ल्याबहरुमा अनुगमन गर्दा अधिकांश ल्याबहरुको संचालन अनुमति पत्र नभएको, फ्रिज नभएको कारण ल्याब संचालकहरुलाई जिल्ला प्रशासन कार्यालय सप्तरीमा सम्पर्क राख्न बोलाईएको छ ।
यता केरा व्यापारीहरुले प्रशासनले एक्कासी कुनै सूचना नदिई छापा मार्दा आफूहरुलाई घाटा भएको भन्दै आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ