News Category 2073/05/21
३ हजार २ सय ८२ लिटर मदिरा बरामदपछि नष्ट मदिरामा पुराना जुत्ता समेत प्रयोग
दैनिक समाचारदाता
राजविराज, २० भदौं ।
सप्तरी प्रहरीले जनस्वास्थ्यमा पर्ने गम्भिर असरहरुको कारक बनेको अवैध मदिरा र मदिराजन्य पदार्थको उत्पादन, ओसारपसार र विक्रि वितरणमा नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिएको छ ।
प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपले उत्पाद गर्ने गरेको मदिरा बरामद गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा नष्ट गरिएको छ । नष्ट गरिएको मदिरामा पुराना जुत्ताचप्पल समेत प्रयोग गरिएको देखिएको छ । त्यस्तै मदिराहरुमा किरा तथा कुइएको चामल तथा अन्य अखाद्य पदार्थहरु मिसिएको भेटिएको छ ।
४८ वटा प्रहरी इकाईहरुबाट असार १६ गतेदेखी भदौं १७ गतेसम्म दुई महिने अभियानमा ४१ जनासहित घरेलु मदिरा ३ हजार २ सय ८२ लिटर, गोलडेन ओके ८९ बोतल, फाईटर ६० बोतल, भर्जिन १२ बोतल तथा कच्चा पदार्थ १० हजार २ सय ४० केजी, सानाठुला भाडावर्तन २ सय ४६ थान तथा एक थान साईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
अभियान अन्तरगत पक्राउ परेको व्यक्तिहरुबाट ५ हजारदेखी ३० हजारसम्म जरिवाना वसुल गर्दै भाडावर्तन तथा साइकललाई भन्सार कार्यालयमा लिलामी प्रक्रियामा राखिएको सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालले जानकारी दिनुभयो ।
प्रहरी उपरिक्षक ढकालले अभियानलाई अझ बढी प्रभावकारी बनाउन स्थानिय नागरिकहरुलाई आफ्नो बसोबास गर्ने स्थान वरपर त्यस्ता मदिरा उत्पादन हुने स्थल तथा बिक्रि वितरण हुने स्थानहरुका बारेमा सुचित गर्न समेत अनुरोध गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ