News Category 2073/05/22
जिल्ला प्रशासन, प्रहरी, नगरपालिका, जनस्वास्थ्य, जिविस लगायत ६ निकाय बिरुद्ध रिट दायर
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
राजविराज नगर अत्याधिक फोहर, दुर्घन्धित र सुँगुरको आतंकबाट त्रसित बन्दै गएको भन्दै पुनरावेदन अदालत राजविराजमा एक जना अधिवक्ताले आधा दजर्न सम्बन्धित निकाय बिरुद्ध रिट दायर गर्नुभएको छ ।
अधिवक्ता कौशल किशोर दत्तले जिल्ला प्रशासन कार्यालय सप्तरी, जिल्ला प्रहरी कार्यालय सप्तरी, जिल्ला विकास कार्यालय सप्तरी, जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरी, राजविराज नगरपालिकाको कार्यालय र राजविराज नगरपालिका १ स्थित बजार व्यवस्थापन समितिलाई विपक्षी बनाई सोमबार रिट दायर गर्नुभएको हो ।
अधिवक्ता दत्तले दायर गर्नुभएको रिट उपर सोमबार पुनरावेदन अदालतका न्यायाधिश उमेश कुमार सिंहको एकल इजलासले निवेदन सार्वजनिक सरोकारको विषय भएकोले दर्ता गर्न अनुमति प्रदान गर्नुभएको थियो ।
सो निवेदनले दर्ता गर्ने अनुमति पाएपछि मंगलबार पुनरावेदन अदालतका न्यायाधिश राजकुमार वनको एकल इजलासले विषय बस्तुको गम्भिरतालाई ध्यानमा राखि भदौं २४ गते १० बजे सम्पूर्ण विपक्षीलाई अदालतमा छलफलका लागि बोलाएको पुनरावेदन अदालत राजविराजका शाखा अधिकृत एवं सूचना अधिकारी बासुदेव पाण्डेले जानकारी दिनुभयो ।
छलफलमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, स्थानिय विकास अधिकारी, जनस्वास्थ्य कार्यालयका प्रमुख, राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत र व्यवस्थापन समितिका अध्यक्षलाई सो छलफलमा बोलाइएको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ