News Category 2073/05/23
नेता पोखरेलले ट्वीटमार्फत दिएको अभिव्यक्ति बिरुद्ध व्यापक आलोचना
दैनिक समाचारदाता
काठमाडौं, २२ भदौं ।
नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नो ट्वीटमार्फत मंगलबार दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ ।
तराई मधेशका विभिन्न ठाउँमा पुतला जलाउनुको साथै पोखरेलको विरुद्ध नारावाजी समेत लागेको छ । यसैबीच तराई मधेश लोकतान्त्रिक पार्टीले बुधबार विज्ञप्ति जारी गरि देशको एक प्रमुख राजनैतिक दलको नेतावाट नेपाली–नेपाली बीच जातिय र रंगभेद पैmलाउने कुप्रयास भएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।
नेपालको मधेशी, थारु, आदिवासी–जनजाती, दलित, मुस्लिम आदि समुदाय अधिकारका निमित्त संघर्ष गरिरहेको र त्यस न्यायोचित संघर्षलाई जातिय घृणाद्वेष र रंगभेदसंग जोड्ने कुप्रयास नेपाली–नेपालीबीच सद्भाव र एकता विथोल्ने गम्भीर षडयन्त्रको संकेत रहेको दावी विज्ञप्तिमा गरेको छ ।
यसैबीच मधेशी जनता विरूद्ध अपमान गर्ने ट्वीट गरेको दावी गर्दै एमाले नेता शंकर पोखरेल विरूद्ध काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी बुझाएका छन् । मधेशी पत्रकार संघका अध्यक्ष पंकज दासले काठमाडौं महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीलाई पोखरेल विरूद्ध उजुरी बुझाएका हुन् ।
मधेशी जनताको भावनालाई ठेस पु¥याउने गरी नियतवश एमाले अपनानजनक र आपत्तिजनक ट्वीट गरेर सामाजिक सदभाव बिगार्ने काम गरेकोले पोखरेल विरूद्ध कारवाहीको माग गर्दै उजुरीमा परेको हो । यस्तै बुधबार विहान मात्र संघीय समाजवादी फोरमका युवाले साइवर क्राइममा मुद्धा दर्ता गर्न खोज्दा प्रहरीले नबुझेको जनाइएको छ ।
पोखरेलले मंगलवार गरेको ट्वीट विवादमा परेको थियो । पछि उहाँले आफ्नो ट्वीटको गलत अर्थ लगाइएको भन्दै हटाउनु भएके थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ