News Category 2073/05/23
नेता पोखरेलले ट्वीटमार्फत दिएको अभिव्यक्ति बिरुद्ध व्यापक आलोचना
दैनिक समाचारदाता
काठमाडौं, २२ भदौं ।
नेकपा एमालेका नेता शंकर पोखरेलले आफ्नो ट्वीटमार्फत मंगलबार दिएको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ ।
तराई मधेशका विभिन्न ठाउँमा पुतला जलाउनुको साथै पोखरेलको विरुद्ध नारावाजी समेत लागेको छ । यसैबीच तराई मधेश लोकतान्त्रिक पार्टीले बुधबार विज्ञप्ति जारी गरि देशको एक प्रमुख राजनैतिक दलको नेतावाट नेपाली–नेपाली बीच जातिय र रंगभेद पैmलाउने कुप्रयास भएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ ।
नेपालको मधेशी, थारु, आदिवासी–जनजाती, दलित, मुस्लिम आदि समुदाय अधिकारका निमित्त संघर्ष गरिरहेको र त्यस न्यायोचित संघर्षलाई जातिय घृणाद्वेष र रंगभेदसंग जोड्ने कुप्रयास नेपाली–नेपालीबीच सद्भाव र एकता विथोल्ने गम्भीर षडयन्त्रको संकेत रहेको दावी विज्ञप्तिमा गरेको छ ।
यसैबीच मधेशी जनता विरूद्ध अपमान गर्ने ट्वीट गरेको दावी गर्दै एमाले नेता शंकर पोखरेल विरूद्ध काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी बुझाएका छन् । मधेशी पत्रकार संघका अध्यक्ष पंकज दासले काठमाडौं महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीलाई पोखरेल विरूद्ध उजुरी बुझाएका हुन् ।
मधेशी जनताको भावनालाई ठेस पु¥याउने गरी नियतवश एमाले अपनानजनक र आपत्तिजनक ट्वीट गरेर सामाजिक सदभाव बिगार्ने काम गरेकोले पोखरेल विरूद्ध कारवाहीको माग गर्दै उजुरीमा परेको हो । यस्तै बुधबार विहान मात्र संघीय समाजवादी फोरमका युवाले साइवर क्राइममा मुद्धा दर्ता गर्न खोज्दा प्रहरीले नबुझेको जनाइएको छ ।
पोखरेलले मंगलवार गरेको ट्वीट विवादमा परेको थियो । पछि उहाँले आफ्नो ट्वीटको गलत अर्थ लगाइएको भन्दै हटाउनु भएके थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ