News Category 2073/05/24
फ्रि भिसा फ्रि टिकटको प्रभावकारी कार्यान्वयनको माग गर्दै प्रर्दशन
दैनिक समाचारदाता
राजविराज, २३ भदौं ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सप्तरीको नेतृत्वमा बिहीबार फ्रि भिसा फ्रि टिकटको ब्यवहारिक कार्यन्वयनका लागी माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई २८ बुँदे ज्ञापन पत्र बुझाइएको छ ।
बैदेशिक रोजगारमा नेपाली कामदार पठाउने सम्बन्धमा नेपाल सरकारबाट गरिएको फ्रि भिषा फ्रि टिकट सम्बन्धी निर्णयको प्रभावकारी कार्यान्वयन, थप नीतिगत व्यवस्था र त्यसको सहभागितामुलक अनुगमन प्रणलीको विकासका सम्बन्धमा श्रम तथा रोजगार मन्त्रलायलाई समेतलाई ज्ञापनपत्र बुझाइएको हो ।
बैदेशिक रोजगारमा जाने नेपालीहरुले विदेश जाँदा तिर्नु परेको सेवा तथा प्रवद्र्धन खर्चको भारको कारण उनीहरुको परिवारमा आर्थिक, सामाजिक र मानसिक असर परिरहेको भन्दै शुन्य लागतमा विदेश जाने प्रक्रियालाई कान्र्यन्वयनको माग गर्दै ज्ञापन पत्र बुझाईएको केन्द्रका अध्यक्ष जयबिन्द सिँहले जानकारी दिनुभयो ।
नेपाल सरकारले २०७२ साल आषाढ २१ गते लागु हुनेगरी खाडीका ६ राष्ट्र र मलेसीयामा कामदारका रुपमा जाने नेपालीहरुले प्रवेशाज्ञा र हवाई खर्च वापतको रकम तिर्न नपर्ने भनी निर्णय गरेको थियो ।
तर, सरकारले लागु गरेका उक्त निर्णय उल्टाउन खोजिएको भन्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले दवाव सहित ज्ञापन पत्र बुझाएको केन्द्रका अध्यक्ष सिहको भनाई छ ।
यस्तै केन्द्रले सरकार समक्ष बैदेशिक रोजगारीमा जाने कामदारलाई शुन्य लागतमा बैदेशिक रोजगारमा जान पाउने अधिकार सुनिश्चित गर्न माग गरेको छ ।
यसैगरी बैदेशिक रोजगारमा जान चाहने युवाहरुलाई जिल्ला स्तरमा रहेको सम्बन्धीत निकायबाट अनिवार्य सुचना दिने प्रवन्ध गर्नुपर्ने, कुनै न कुनै सीप विना विदेश जान प्रतिबन्धित गरी सर्बसुलभ र पायक पर्ने स्थानमा सीप सिक्ने व्यवस्था गर्नुपर्ने, बैदेशिक रोजगारको शिलशिलामा ठगीमा पर्ने व्यक्तिहरुले उजुरी दिने र न्याय सम्पादन गर्ने कार्य ज्ञापनपत्रमा माग गरिएको छ ।
जिल्ला स्तरमा सम्बन्धीत निकायको स्थापना गर्नुपर्ने र कुनै पनि नेपाली नागरिकले रोजगारीको प्रक्रियाका लागी कुनै किसिमको आर्थिक भार व्यहोर्नु नपर्ने अवस्था सिर्जन गर्न अहिलेसम भएको निर्णयको प्रभावकारी कार्यन्वयन गर्दै नयाँ थप कानुनी व्यवस्था गर्नुपर्ने, नेपाली कामदारहरुको रोजाईको गन्तव्य मुलुकहरुसँग यथाशिघ्र अनिवार्य द्धिपक्षिय श्रम सम्झौत गर्न समेत माग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले ज्ञापन पत्र बुझ्दै केन्द्रले उठाएको माग जाएज भएको भन्दै सम्बन्धीत निकायमा बिहीबारै ज्ञापनपत्र पठाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
केन्द्रले चालेको कदम सराहनीय रहेको, ज्ञापन पत्र बिहीबारै सम्बन्धीत निकायमा पठाउने प्रतिबद्धता गर्दै केन्द्रले संचालन गरेको कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको अध्यक्ष सिहले जानकारी दिनुभयो ।
यसअघि राजबिराजस्थित जेसिज भवनबाट निस्केको ¥याली नगरको बिभिन्न स्थानमा प्रर्दशन गर्दे जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेर प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई ज्ञापनपत्र बुझाएको थियो ।
सो ¥यालीमा जिल्लाका सयौ आप्रवासी कामदार तथा तिनका परिवारका सदस्यहरुले सहभागीता जनाउदै कामदारको अधिकारीको ग्यारेन्टी नहुन्जेलसम्म आन्दोलनको कार्यक्रम गर्दे जाने केन्द्रका सचिव बिरेन्द्र मण्डलले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ