News Category 2070/02/29
सप्तरीमा एसएलसी नतिजा, नियमिततर्फ १९ र एक्जेम्पटेडतर्फ शून्य दशमलव ५४ प्रतिशत उत्तिर्ण
एस.के.शान
राजविराज, २८ जेठ ।
सप्तरी जिल्लाको शिक्षा डामाडोल स्थितिमा पुगेको छ । अध्ययन, अध्यापनतर्फ सरोकारबालाहरुले कुनै किसिमको ध्यान नदिंदा जिल्लाको शैक्षिक अवस्था तहसनहस भएको छ ।
एसएलसी परीक्षा २०६९ को आएको नतिजाले सबैलाई झस्काएको छ । सप्तरीकै इतिहासमा यसपटक एकदमै कम नतिजा आएको छ जिल्लामा । नियमिततर्फ १५ सय विद्यार्थी उत्तिर्ण भएका छन् भने एक्जेम्पटेडतर्फ मात्र १७ जना परीक्षार्थी उत्तिर्ण भएका छन् ।
यस पटकको एसएलसी परीक्षामा सप्तरीबाट नियमिततर्फ ७ हजार ७ सय ९७ र एक्जेम्पटेडतर्फ ३ हजार १ सय ४२ जनाले परीक्षा दिएका थिए । यसमध्ये नियमिततर्फ १५ सय परीक्षार्थी उत्तिर्ण भएको जुन १९ दशमलव २३ प्रतिशत हो ।
नियमिततर्फ उत्तिर्ण हुनेमा ६५ जना डिस्टिन्सन, ६ सय १३ जना प्रथम, ६ सय ७९ द्धितिय र ५३ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
गत बर्ष ३२ प्रतिशत नतिजा यस जिल्लामा आएको थियो ।
२ जनाको काँपि क्यान्सिल गरिएका छने ६४ जनाको प्राक्टिकल मार्कमा त्रुटि देखाइएको छ ।
यस्तै २३ जनाको मार्कमा त्रुटि भएको तथा दोहोरो आवेदन दिने एक जनाको परीक्षा रद्द गरिएको छ ।
एक्जेम्पटेडतर्फ परीक्षा दिएका ३ हजार १ सय ४२ जनामध्ये १७ जना उत्तिर्ण भएको छ जुन शून्य दशमलव ५४ प्रतिशत मात्र हो । एक्जेम्पटेडतर्फ एक जना प्रथम श्रेणीमा उत्तिर्ण भएका छन् भने ११ जना दोस्रो र ५ जना तृतिय श्रेणीमा उत्तिर्ण भएका छन् ।
सप्तरी शिक्षा कार्यालयका शाखा अधिकृत विजय मण्डलले यस पटकको एसएलसी नतिजाले खुशी नै व्यक्त गर्नुहुन्छ । उहाँले विद्यार्थीहरुले गरेको मिहिनेत अनुसारको नतिजा आएको बताउँदै जसले जति मिहिनेत गर्यो त्यो अनुसारको फल पाएको उहाँले बताउनुभयो ।
एसएलसी नतिजा कम आएपछि आफू आश्चर्यचकित भएको बताउँदै पूर्व प्रधानाध्यापक विजयानन्द झा सबैले सोंचेको भन्दा धेरै कम नतिजा आएको बताउनुभयो । उहाँले २५ देखि ३० प्रतिशत नतिजा आउने विश्वास सबैले राखेको बताउनुभयो । उहाँले १८ बर्षअघि १६ प्रतिशत एसएलसीको नतिजा आएको र यसपछि कहिल्यै यस्तो खराब नतिजा नआएको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ