News Category 2073/05/27
मधेशको माँग सम्बोधन नभएकोमा समाजद्धारा चिन्ता ब्यक्त
दैनिक समाचारदाता
राजविराज, २६ भदौं ।
बौद्धिक समाज सप्तरीको आयोजनामा वर्तमान परिस्थितिमा राज्य पक्षीय क्रियाकलाप र मधेशको अवस्था विषयको एक दिने अन्तरक्रिया आईतबार राजविराजमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागिहरुले जारी संविधानमा मधेशको मुदा सम्बोधन नहुँदा अगामी असोज ३ गते मधेशीहरुले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने तथा राज्य पक्षले खुशियालीको रुपमा मनाउने भएको हुँदा यसलाई कसरी समन्वय गर्ने बारे आम अन्तरक्रियाका सहभागिहरुले आ आफनो मन्तव्य सहित चिन्ता ब्यक्त गरेका हुन ।
समाजका संयोजक ई.सुगम्बर यादवको अध्यक्षता तथा वरिष्ठ राजनितिज्ञ खुशीलाल मण्डलको प्रमुख आतिथ्य एवं पुर्व राज्य मन्त्री अनिस अन्सारीको विशिष्ट आतिथ्यमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा पुर्व कर्मचारी सेवा परिषदका अध्यक्ष राम नरेश प्रसाद सिंह ,नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य महेश प्रसाद यादव ,सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र कुमार चौधरी, विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव केसी , ,संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादव , मधेशी मोर्चाका नेता उमेश साह कमाण्डौ ,तमरा अभियानका नेता विवेकानन्द सिंह ,भोला मुखिया ,युवा नेता बिनोद कुमार मण्डल ,संयुक्त मधेशी राष्टिय आन्दोलन समितिका केन्दिय प्रवक्ता बलराम यादव ,शिक्षक कैलाश यादव ,मधेशी नेता गजेन्द्र प्रसाद सिंह , ,समाजका सदस्य डा.हेम कुमार मिश्र लगायतका बक्ताहरुले मधेशको समस्या बारेमा आ आफनो धारणा राख्नुभएको थियो । भने कार्यक्रममा धन्यवाद ज्ञापन समाजका सचिव अनिल कुमार अनलले ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ