News Category 2073/05/30
जमुनी मधेपुरामा झाडापखालाको प्रकोप २५ परिवारका पाँच दर्जन बिरामी
दैनिक समाचारदाता
राजविराज, २९ भदौं ।
सप्तरीको जमुनी मधेपुरा गाविस वडा न. २ को जमुनी टोलमा झाडापखालाको प्रकोप फैलिएको छ ।
चार दिनदेखि सो गाविसका करिब २५ परिवारका पाँच दर्जन भन्दा बढी सर्वसाधारणहरु झाडापखाला रोगको प्रकोपबाट ग्रसित छन् ।
चार दिन अगाडी स्थानीय शंकर शर्मालाई अचानक झाडापखाला लागेपछि उहाँसँगै उहाँका श्रीमति र छोरा छोरी समेतलाई झाडापखाला लागेको थियो त्यसपछि सो टोलमै झाडापखालाको प्रकोप फैलिएको स्थानीय स्वास्थ्यकर्मी संतोष कुमार यादवले जानकारी दिनुभयो ।
झाडापखालाको प्रकोपका कारणले त्यहाँका २५ परिवारका बालबालिकादेखि बृद्धबृद्धासम्म सो रोगबाट ग्रसित भएको स्वास्थ्यकर्मी यादवले जानकारी दिनुभयो ।
त्यस्तै झाडापखाला प्रकोपकै कारणले १७ वर्षिया रुबी कुमारी यादवले विगत चार दिनदेखि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार गराईरहेकी छिन् । त्यस्तै झाडापखालाका कारणले विगत दुई दिनदेखि प्रमोद साह पीडित भएका छिन् तथा उनको हाल गाउँमै स्लाईन पानी चढाई उपचार गराईरहेका छन ।
झाडापखाला प्रकोपका कारणले त्यहाँका प्रत्येक परिवार तथा घरका एक दुई जना पीडित बनेको तथा उनीहरुले हाल गाउँमै औषधि उपचार गराईरहेका छन ।
यता जिल्ला जनस्वास्थ्य कार्यालयले त्यहाँका झाडापखाला रोगका पीडितहरुका लागि केही औषधिहरु उपचारका लागि पठाइएपनि आवश्यकता अनुसारको औषधि नरहेकाले सो प्रकोप झन फैलिन सक्ने सम्भावना रहेको स्थानीयबासीहरुको भनाई छ । त्यस्तै झाडापखाला प्रकोपलाई नियन्त्रण गर्नका लागि थप औषधि तथा पानी सुद्धिकरण गर्नका लागि पियुस गार्डको खाँचो रहेको स्थानीय बिरामीहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ