News Category 2073/06/03
एकै दिन १३ कार्यालयका २ सय १० कर्मचारी अनुपस्थित
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
एकै दिन सप्तरीका १३ वटा सरकारी कार्यालयहरुमा २ सय १० जना कर्मचारीहरु अनुपस्थित भेटिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार १३ सरकारी कार्यालयहरुमा गरेको छड्के जाँचको क्रममा उक्त संख्यामा कर्मचारीहरु अनुपस्थित भेटिएको हो ।
आइतबार बिहान १० बजेर १५ मिनेटमा जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रजिअ रामेश्वर अर्याल नेतृत्वको टोलीले छड्के जाँच गर्दा ठूलो मात्रामा कर्मचारीहरु अनुपस्थिति भेटिएपछि कार्वाहीका लागि सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिनुभएको छ ।
उहाँले ती कार्यालयहरुमा गरिएको छड्के जाँचका क्रममा राजपत्रांकित कर्मचारी ४१ जना र राजपत्र अनंकित एवं श्रेणीविहीन कर्मचारी १ सय ६९ जना अनुपस्थित रहेको र उपस्थित रहेका कर्मचारी मध्ये अधिकांश कर्मचारी पोशाक र परिचयपत्र बिहीन उपस्थिति पाइएको जानकारी दिनुभयो ।
कर्मचारी अनुपस्थित हुने कार्यालयहरु गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा २५ जना, जिल्ला जनस्वास्थ्य कार्यालयमा २० जना, जिल्ला विकास समितिको कार्यालयमा २२ जना, राजविराज नगरपालिका कार्यालयमा २० जना, जिल्ला वन कार्यालय १५ जना, जिल्ला पशु सेवा कार्यालयमा ९ जना, मालपोत कार्यालयमा १६ जना, शहरी विकास तथा भवन डिभिजन कार्यालय ७ जना, जिल्ला कृषि विकास कार्यालयमा ५ जना, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय २२ जना, जिल्ला प्राविधिक कार्यालय १६ जना, नेपाल विद्युत प्राधिकरण १२ जना र जिल्ला शिक्षा कार्यालय २१ जना अनुपस्थित भेटिएको पाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ