News Category 2073/06/03
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र स्वतन्त्र मधेशी मोर्चाले छुट्टाछुट्टै कार्यक्रम गरेर कालो दिन मनाउँदै
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले असोज ३ गतेलाई कालो दिन मनाउनका लागि सप्तरीमा भव्य तयारी गरेको छ ।
मधेशीहरुको माग नसमेटिएर २०७२ साल असोज ३ गते नेपालको नयाँ संविधान जारि भएको दिनलाई मोर्चाले कालो दिनको रुपमा मनाउने निर्णय गरेको हो ।
मधेशी मोर्चा सप्तरीले असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउनका लागि विभिन्न कार्यक्रमहरु घोषणा समेत गरेको छ ।
मधेशी मोर्चाले ३ गते जिल्लाको सदरमुकाम राजविराजमा कालो झण्डा प्रदर्शन तथा बिरोध सभा गर्ने, हरेक घरमा साँझ ७ः३० देखी ८ बजेसम्म बत्ति निभाई ब्लायक आउट गर्ने र ४ गते निश्चित स्थानमा भेला भई अमर शहिदहरुप्रति श्रद्धाञ्जली प्रकट गर्ने लगायतका कार्यक्रहरु घोषणा गरेका छन् ।
यस्तै स्वतन्त्र मधेशी मोर्चाले सोमबार राजविराजमा बृहत बिरोध प्रदर्शन तथा मसाल जुलुस, कोण सभा गर्ने भएको छ ।
मोर्चाका नगर समिति संयोजक उमेश साहद्वारा आइतबार जारि विज्ञप्तिमा असोज ३ गतेलाई कालो दिन मनाउनका लागि सो प्रदर्शन तथा मसाल ज्ुलुस निकाल्न लागिएको उल्लेख छ ।
जारि विज्ञप्तिमा कार्यक्रममा तराई मधेश अभियानका केन्द्रिय संयोजक जयप्रकाश प्रसाद गुप्ता, अनिस अंसारी, नेपाल सद्भावना पार्टी आनन्दीदेवीका केन्द्रिय अध्यक्ष विकास तिवारी, बलराम यादव, महेश यादव, सुब्बि यादव, जेपी यादवलगायतका वक्ताहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ