News Category 2073/06/03
नयाँ शक्तिद्वारा सुझावसहित प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ६ बुँदे सुझावसहित ज्ञापन बुझाएको छ ।
पार्टीका जिल्ला संयोजक छेदी रजकद्वारा बुझाइएको ज्ञापनमा नेपालको संविधान संविधानसभाको करिब ९० प्रतिशत मतले जारी भए पनि मधेसी, जनजाति, थारु आदि समुदायको असन्तुष्टिलाई संविधानले संबोधन गर्न नसकेको भन्दै संघीयता, नागरिकता, सिमाङ्कन, समावेशी जस्ता विषयमा अभैm गहन राष्ट्रिय चिन्तन आवश्यक रहेको उल्लेख छ ।
यस्तै ज्ञापनमा सरकारले विभिन्न पक्ष, क्षेत्र र समुदायबाट उठेका जायज मागको यथाशीघ्र सम्बोधन गरोस्, पहिचानका पाँच र सामथ्र्यका चार आधारमा टेकी स्थानीय निकायको पुर्नसंरचना र जनताका दैनिक जीवनसँग सम्बन्धित समस्यालाई समाधान गर्न माग गरिएको छ ।
यसैगरि ज्ञापनमा राजनीतिक पक्ष, आर्थिक सामाजिक पक्ष, भूकम्प पीडितलाई राहत तथा पुननिर्माण–नवनिर्माण, विकास–निर्माणतर्पm, राष्ट्रियता सम्बन्धमा, शान्ति प्रक्रियासँग सम्बन्धित र समसामयिक सवालहरु समेटिएको छ ।
यस्तै ज्ञापनमा नयाँ शतिm नेपालका केन्द्रिय सदस्य तथा निर्वमान जिल्ला संयोजक अरुण साह (
अनिल) माथि लगाईएको द्वन्द्वकालीन झुठा मुद्धा तत्काल खारेज गरी रिहाईको प्रधानमन्त्रीसँग विशेष माग गरिएको छ । साथै सो माग उपर तदारुकता नदेखाए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने जानकारी समेत गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ