News Category 2070/06/08
गाविस कर्मचारीहरुद्वारा प्रदर्शन र कोणसभा
दैनिक संवाददाता
राजविराज, ७ असोज ।
गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुको आन्दोलन प्रति सम्बन्धीत पक्षले कुनै चासो नदेखाएको भन्दै गठित संघर्ष समितिले सोमबार राजविराजमा जुलुस प्रदर्शन गरेको छ ।
संघर्ष समितिको अगुवाईमा जिविस सप्तरीको प्राङ्गनबाट निष्केको जुलुस नगर परिक्रमा पश्चात् स्थानिय शिब मन्दीर प्राङगणमा पुगी कोणसभामा परिणत भयो ।
संघर्ष समितिका संयोजक परशुराम यादवको अध्यक्षतामा आयोजित सभामा बक्ताहरुले गाविस कर्मचारीहरुको माग प्रति सरकार गम्भीर नभएको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
सभामा नगरपालिका कर्मचारी एशोसिएशनका महेश सुबेदी, सोमप्रसाद शर्मा, भुवन श्रेष्ठ, हरि बहादुर कार्की, गाविस कर्मचारी संघका केन्द्रीय सदस्य प्रधुम्न पोखरेल, नेपाल निजामति कर्मचारी संगठन सप्तरीका अध्यक्ष रामनारायण महतो लगायतले स्थानिय सेवा आयोग गठन गरि गाविस कर्मचारीहरुको मागलाई सम्बोधन गर्न माग गरेका छन् ।
गाविस कर्मचारीहरुलाई राज्य कोषबाट तलब, भत्ता, सेवा सुविधा, वृतिविकास लगायतको व्यवस्था गर्नुपर्ने सहितका माग राख्दै गाविस कर्मचारीहरु गत भदौ १६ गतेदेखि कामकाज छाडेर जिविसमा धर्ना बस्दै आएका छन् ।
गाविस कर्मचारीहरुको आन्दोलनप्रति नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराज र स्थानिय निकाय कर्मचारी संघ सप्तरीले पनि एक्यबद्धता जनाएका छन् । लामो समयसम्म पनि काम छाडेर धर्नामा बस्दा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाएकोले आन्दोलन सशक्त, बनाएको गाविस कर्मचारी संघ सप्तरीका अध्यक्ष परशुराम यादवले जानकारी दिनुभयो ।
गाविस कर्मचारीहरु कामकाज छाडेर आन्दोलन गर्दै आएका कारण गाविसमा हुने जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका अनय कामहरु पूर्ण रुपमा ठप्प रहदा सेवाग्राहीहरु मार्कामा परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ