News Category 2070/06/08
गाविस कर्मचारीहरुद्वारा प्रदर्शन र कोणसभा
दैनिक संवाददाता
राजविराज, ७ असोज ।
गाउँ विकास समितिमा कार्यरत कर्मचारीहरुको आन्दोलन प्रति सम्बन्धीत पक्षले कुनै चासो नदेखाएको भन्दै गठित संघर्ष समितिले सोमबार राजविराजमा जुलुस प्रदर्शन गरेको छ ।
संघर्ष समितिको अगुवाईमा जिविस सप्तरीको प्राङ्गनबाट निष्केको जुलुस नगर परिक्रमा पश्चात् स्थानिय शिब मन्दीर प्राङगणमा पुगी कोणसभामा परिणत भयो ।
संघर्ष समितिका संयोजक परशुराम यादवको अध्यक्षतामा आयोजित सभामा बक्ताहरुले गाविस कर्मचारीहरुको माग प्रति सरकार गम्भीर नभएको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन् ।
सभामा नगरपालिका कर्मचारी एशोसिएशनका महेश सुबेदी, सोमप्रसाद शर्मा, भुवन श्रेष्ठ, हरि बहादुर कार्की, गाविस कर्मचारी संघका केन्द्रीय सदस्य प्रधुम्न पोखरेल, नेपाल निजामति कर्मचारी संगठन सप्तरीका अध्यक्ष रामनारायण महतो लगायतले स्थानिय सेवा आयोग गठन गरि गाविस कर्मचारीहरुको मागलाई सम्बोधन गर्न माग गरेका छन् ।
गाविस कर्मचारीहरुलाई राज्य कोषबाट तलब, भत्ता, सेवा सुविधा, वृतिविकास लगायतको व्यवस्था गर्नुपर्ने सहितका माग राख्दै गाविस कर्मचारीहरु गत भदौ १६ गतेदेखि कामकाज छाडेर जिविसमा धर्ना बस्दै आएका छन् ।
गाविस कर्मचारीहरुको आन्दोलनप्रति नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति राजविराज र स्थानिय निकाय कर्मचारी संघ सप्तरीले पनि एक्यबद्धता जनाएका छन् । लामो समयसम्म पनि काम छाडेर धर्नामा बस्दा समेत सम्बन्धित निकायले कुनै चासो नदेखाएकोले आन्दोलन सशक्त, बनाएको गाविस कर्मचारी संघ सप्तरीका अध्यक्ष परशुराम यादवले जानकारी दिनुभयो ।
गाविस कर्मचारीहरु कामकाज छाडेर आन्दोलन गर्दै आएका कारण गाविसमा हुने जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका अनय कामहरु पूर्ण रुपमा ठप्प रहदा सेवाग्राहीहरु मार्कामा परेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ