News Category 2073/06/04
पत्रकारहरुले पनि कालो दिन मनाए
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
सप्तरीका पत्रकारहरुले पनि संविधान जारि भएको दिन असोज ३ लाई कालो दिवसका रुपमा मनाएका छन् ।
जारी भएको संविधान विभेदकारी रहेको भन्दै सङ्घीय प्रेस फोरम सप्तरीद्वारा सोमवार विहान हात तथा टाउँकामा कालो पट्टी बाँधेर कालो ब्यानरसहित राजविराजमा प्रभातफेरीको आयोजना गरि कालो दिन मनाएका हुन् ।
राजविराजस्थित शहिद दशन चौकबाट निकालिएको प्रभातफेरी नगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः सोही स्थानमा पुगी सभामा परिणत भएको थियो ।
सभामा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश कुमार झाले संविधानमा देखिएका असन्तुष्टिलाई अविलम्ब सम्बोधन गर्न राजनीतिक दलहरु गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष धीरेन्द्र साहले जबरजस्ती लादेर मधेशी जनताले संविधान स्वीकार गर्न नसकिने भएकोले संशोधनको आवश्यकता औंल्याए ।
नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्रवण देवले मधेश आन्दोलित रहेको अवस्थामा संविधान दिवस मनाउनु हास्यास्पद रहेको बताउनुभयो ।
प्रेस मञ्च सप्तरीका अध्यक्ष शुभचन्द्र झाले वर्तमान संविधान विभेदकारी रहेको भन्दै अविलम्व सम्बोधन गरी देशलाई निकास दिनुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय प्रेस फोरम सप्तरीका अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव जितेन्द्र कुमार झा ‘जितु’ले गर्नुभएको थियो । पत्रकारहरुले मधेशको मागलाई सम्बोधन गरेर संविधानमा संशोधन गर्न माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ