News Category 2073/06/05
हुकिङ गरि विद्युत उपभोग गर्नेलाई कारवाही
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
बिद्युत प्राधिकरणले हुकिङ गरि विद्युत उपभोग गरेकाहरुलाई पक्राउ गर्ने अभियानलाई तिब्रता दिएको छ ।
प्राधिकरण कार्यालय राजबिराज र जिल्ला प्रहरीका कार्यालयबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानहरुबाट हुकिङ गरी बिद्युत उपभोग गर्दै गरेका १० जनालाई विभिन्न उपकरणसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरीको शम्भुनाथ नगरपालिका निवासी २ का अनसारुल, मलेकपुर गाविस ६ बस्ने संजय कुमार यादव, ६ बस्ने तिलेश्वर यादव, गंगाराम यादव, रायपुर गाविस ३ बस्ने रामु साह, खोक्सर गाविस ३ बस्ने अनिल साह, कटैया गाविस १ बस्ने लिलाकान्त माझी, रायपुर २ बस्ने देबी मण्डल, शम्भुनाथ नगरपालिका २ बस्ने मो. अफरोज र हर्दिया ७ बस्ने छोटेलाल चौधरी रहेका छन् ।
यस्तै पक्राउ परेकाहरुबाट पानी तान्ने मोटर १० थान, फ्यान १ थान र तार २ हजार मिटर बरामद गरेको प्रहरीले जनाएको छ ।
यता पक्राउ परेका ब्यक्तिहरुलाई बिद्युत बिद्युत ऐन अन्तर्गत कार्बाही हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ