News Category 2073/06/07
कोशी पुरानै धारमा फर्कने संकेत सप्तरीको आधा दर्जन गाविस डुवानमा दुई दर्जन चौपाया कोशीले बगायो
दैनिक समाचारदाता
राजविराज, ६ असोज ।
सप्तकोशी नदी आफ्नो पुरानो धारमा फर्कने सक्ने संकेत देखाएको छ । मंगलबार रातीदेखी परेको अविरल वर्षापछि बुधबार साँझ सप्तरीको रम्पुरा मल्हनिया गाविस वडा नं. ३ र ४ डलवा टोल तथा को. मधेपुरा, हनुमाननगर लगातयका गाविस कोशीको बाढीले डुवानमा परेको छ ।
कोशी आफ्नो पुरानो धारमा फर्केर सो गाविसहरु विगत अढाई दशकपछि डुवानमा परेको स्थानियहरुले बताएका छन् । कोशीको धार यसअघि पूर्वी भागबाट बग्ने गरेकोमा अहिले अढाई दशकपछि पश्चिमतर्फ फर्किन लागकोमा स्थानियहरु चिन्तित बनेका छन् । कोशीको पानी कोशीको बाँध नजिकै आएपछि सो गाविसका जनताहरु त्रसित बनेका छन् । बाढीमा स्थानियहरुको दुई दर्जन चौपाया समेत वेपत्ता भएको छ । यस्तै स्थानियहरुले बाँध आसपास हजारौं विगहामा लगाएको धानबाली समेत डुवानमा परेको छ ।
सो गाविसतर्फ कोशीको पश्चिमी तटबन्ध रहेको छ । ती तटबन्धहरु मर्मत सम्भारको अभावमा कामै नलाग्ने भएको छ । यस्तै स्परहरुमा लगाइएको जाली तथा तारहरु समेत चुडिएको स्थानीय वौवालाल यादवले बताउनुभयो ।
कोशीको धार पुरानै अवस्थामा फर्किएमा सप्तरीको हनुमाननगर, योगिनियाँ, रम्पुरा मल्हनिया, सकरपुरा, तिलाठी लगायत दुई दर्जन गाविस डुवानमा पर्नुका साथै गाविस नै बिस्थापित हुने अवस्था रहेको छ । यसका लागि कोशी नदीको सम्पूर्ण जिम्मेवारी लिएको भारत सरकारले नेपाल सरकारमार्फत समयमै गम्भिर भएर कोशीको पश्चिमी तटबन्ध र स्परहरु मर्मत सम्भार गर्न तर्फ अग्रसर हुनुपर्छ ।
यसैबिच बर्षापछि सप्तरीको राजविराज कुनौली सडक खण्ड अवरुद्ध हुँदा दर्जनौ टेम्पो संचालन हुन नसकेका कारणले हजारौ सर्वसाधारणहरुलाई समस्या खेप्नुपरीरहेको छ । बर्षापछि खाडो नदीमा आएको बाढीले राजविराजबाट कुनौली तथा कुनौलीबाट राजविराज आवत जावत गर्न नसकिने अवस्था रहेकोले सर्वसाधराणहरुलाई जितुवाहन पर्वको लागि अत्ति आवश्यक सामग्रीहरु खरिद गर्नमा निकै समस्या भएको स्थानीयबासीहरुले बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ