News Category 2070/06/09
परीक्षार्थी र प्रशासनबीच बिवाद भएपछि परीक्षा एक घण्टा अबरुद्ध
दैनिक संवाददाता
राजविराज, ८ असोज ।
राजविराजस्थित पबिउमाविमा संचालित सिटिईभिटी अन्तर्गतको परीक्षामा मंगलबार परीक्षार्थी र प्रहरीबीच विवाद भएपछि करिब एक घण्टा परीक्षा अवरुद्ध भएको छ ।
परीक्षाको क्रममा अनुगमन गर्न पुगेको टोली र परीक्षार्थी बीच परीक्षा केन्द्रमा मंगलवार विवाद भएपछि झण्डै एक घण्टा परीक्षा अवरुद्ध भएको हो ।
सप्तरीका सहायक प्रजिअ, शिक्षा अधिकारीसहितको परीक्षा अनुगमन टोलीले परीक्षा हलबाट एक परीक्षार्थीले चिट चोर्दै गरेको बखत गाईड खोसेपछि विवाद चर्किएको थियो । चिट चोर्न नदिएपछि आक्रोशित भएका केही परीक्षार्थीहरु परीक्षा केन्द्रबाट बाहिरिएका थिए । परीक्षार्थीहरुले जिल्ला प्रशासन कार्यालयको बा.१ झ ३६८१ नम्बरको गाडीमा तोडफोड गर्दै प्रदर्शनमा उत्रिएपछि परीक्षा प्रभावित भएको थियो ।
उक्त क्रममा परीक्षा केन्द्रबाट प्रश्न पत्र र उत्तर पुस्तिकासहित बाहिरिएका करिब एकसय परीक्षार्थीहरुलाई पुनः परीक्षामा सहभागी नगराईएको केन्द्राध्यक्ष अरुणकुमार झाले बताउनुभयो ।
यता परीक्षार्थीहरुले प्रशासनको अनावश्यक हस्तक्षेपले विवाद सृजना भएको दाबी गरेको छ । उनीहरुले बर्दी र हतियारसहित सुरक्षाकर्मीहरु पटक–पटक परीक्षा हल छिरेर चेक जाँच गर्न थालेपछि आफुहरुको लेखाई प्रभावित भएपछि प्रदर्शनमा उत्रेको बताएका छन् । विवादकाबीच प्रश्न पत्र र उत्तर पुस्तिकासहित परीक्षा केन्द्रबाट बाहिर भागेका परीक्षार्थीहरुको परीक्षा रद्दको सिफारिश गर्ने जनाएको छ ।
विवादले परीक्षा प्रभावित भएपछि ३० मिनेटको समय थपिएको केन्द्राध्यक्ष अरुण झाले जानकारी दिनुभयो ।
यसैबीच परीक्षा सकेपछि तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले ६ जना परीक्षार्थीलाई पक्राउ समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ