News Category 2073/06/13
एमालेले मधेशको विद्रोहलाई अपराधिकरण गर्न खोज्दैछ ः मधेशी सांसदहरु
दैनिक समाचारदाता
राजविराज, १२ असोज ।
नेकपा एमालेका सांसदहरुले कैलाली घटनाका आरोपीहरुलाई उन्मुक्ति दिनु हुन्न भन्ने वक्तव्यको मधेशकेन्द्रित दलका सांसदहरुले कडा जवाफ दिएका छन् । मधेशी सांसदहरुले एमालेले मधेशको विद्रोहलाई अपराधीकरण गर्न खोजेको आरोपसमेत लगाएका छन् ।
बुधबार संसदको राज्य व्यवस्था समितिको बैठकमा एमालेका नेताहरुले कैलाली घटनाका आरोपीहरुलाई राजनीतिक घटना भनेर उन्मुक्ति दिन नमिल्ने बताएका थिए । त्यसको जवाफमा मधेशी सांसदहरुले आफूहरु लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने भएकोले मान्छे मार्नु हुन्न भन्नेमा विश्वास गरिरहेको बताए ।
संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा सांसद मो. लालबाबु राउत गद्दीले ‘एमालेले झापा विद्रोहको नाममा त्यति मान्छे मार्यो त्यो कसरी राजनीतिक घटना भए ?’ उनले प्रश्न गर्नुभयो, ‘माओवादी जनयुद्धमा १७ हजार नेपालीको ज्यान गयो, अहिले एमालेका ओली र माओवादीका प्रचण्ड प्रधानमन्त्री हुने तर, अधिकारवादी आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको छ ।’
यसैगरी, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का सांसद रामजनम चौधरीले थारुका घर छानी–छानी जलाइनेमाथि किन कारबाही भएन भनेर प्रतिप्रश्न गर्नुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका चौधरीले एमालेले अधिकारका लागि संघर्षमा होमिने थारु समुदायलाई अपराधी घोषणा गर्न खोजेको आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ