News Category 2073/06/14
ग्लोबलको २५ हजार सदस्य पु¥याउने लक्ष्य
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
ग्लोवल वहुमुखी सहकारी संस्था लिमिटेड राजविराजले बिहीबार आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
विहिवार १६औं वार्षिक साधारण सभा मनाउने क्रममा संस्थाका अध्यक्ष भोलारमण उप्रेतीले सहकारीका सवै सदस्य र कर्मचारीको मेहनत र सेवा भावकै कारण सफलता मिलेको वताउनुभयो ।
बि.स. २०५७ साल कार्तिक ९ गते स्थापना भएको ग्लोवल वहुमुखि सहकारी संस्था लिमिटेड राजविराजले २९ जना सदस्यबाट सुरु गरेको सहकारी संस्थामा अहिले १७ हजार २ सदस्य पुगेको छ ।
ग्लोबलले सप्तरीको ९१ मध्ये ६७ गविस र ४ वटा नगरपालिकामा आफनो संस्थाको कोष र विभिन्न दातृ निकाय तथा वैंकहरुको वित्तिय सहयोगवाट ५० करोडको कारोवार गर्न सफल भएको छ ।
सो अवसरमा प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका केन्द्रिय अध्यक्ष रमेश पोखरेलले स्वास्थ्य क्षेत्रमा योगदान पु¥याए वापत डा. डिकनाथ यादव, जनस्वास्थ्य प्रमुख विजय कुमार झा, नेपाल बातावरण पत्रकार समुहका श्रीलाल साह तथा राष्ट्रिय सहकारी बैंक सप्तरीका संयोजक विश्वनाथ मण्डललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
यसअघि वार्षिकोत्सवका अवसरमा संस्थाद्वारा निकालिएको सदभाव ¥याली नगर परिक्रममा पश्चात जिल्ला विकास समितिको सभाकक्षमा साधारण सभाका सहभागिमा परिणत भएको थियो ।
सो अवसरमा अध्यक्ष उप्रेतिले पेश गर्नुभएको वार्षिक प्रतिवेदन अनुसार २०५७ सालवाट २९ जना सदस्यवाट २२ लाख ९३ हजार शेयर पुजीवाट संचालन गरिएको उक्त संस्थाको हालको शेयर पुजीमात्र १ करोड २ लाख ९३ हजार ५ सय पुगेको जानकारी दिनुभयो ।
यस्तै सदस्य संख्या १७ हजार पुगेको बताउँदै अध्यक्ष उप्रेतीले संस्थाले गत आव ०७२÷०७३ मा ७ करोड ९ लाख २ हजार ९ सय रुपैया निक्षेप संकलन गरेको बताउनुभयो । यस्तै ६ करोड २९ लाख ५ हजार १ सय ६१ रुपैया निक्षेप फिर्ता गरेको छ । यसैअवधिमा ३ करोड ३४ लाख ४५ हजार ८ सय १ लागनी गरी कुल १३ करोड ८ लाख ३१ हजार ९ सय ५ रुपैयाको कारोवार गरेको उक्त संस्थाले आव ०७२÷०७३ मा ११ लाख ३ सय ५७ रुपैया खुद मुनाफा गरेको छ ।
यस्तै संस्थाका व्यवस्थापक अमिर यादवले सप्तरीमा १७ हजार सदस्य भएको सहकारी संस्था अरु कुनै नभएको दावी गर्दै चालु आव ०७३÷०७४ मा यो संख्या २५ हजार पु¥याई देशकै सवैभन्दा वढि सदस्य भएको सहकारी संस्था वनाउने लक्ष्याकासाथ काम भईरहेको वताउनभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ