News Category 2073/06/14
जनस्वास्थ्यको दुई दिने समिक्षा गोष्ठी सुरु
दैनिक समाचारदाता
राजविराज, १३ असोज ।
स्वास्थ्य विभागका क्षेत्रिय निर्देशक डा. महेश खनालले सप्तरी जिल्लाको स्वास्थ्य स्थितीमा सुधारको आवश्यकता रहेको बताउनु भएको छ ।
बिस्तारित उत्कृष्ट केन्द्रहरुको छनौट तथा तथ्यमा आधारित जिल्लाको लगानी योजना सम्बन्धि दुई दिने समिक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले सुधारको कुरा बताउनुभएको हो ।
सरकारले अस्पतालमा एवं स्वास्थ्य केन्द्रहरुमा बच्चा जन्मेपछि रु. ५ सय रुपैया प्रोत्साहन भत्ता दिने कुरा समेत जनताहरुलाई थाहा नभएकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले अहिले पनि स्वास्थ्य क्षेत्रमा सरकारी सेवा सुविधा बारे जनताहरु अनभिज्ञ रहेकोमा यस्ता कुरालाई जनचेतना दिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको आयोजना तथा युनिसेफको सहयोगमा आयोजित दुई दिने गोष्ठीमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय झाले जिल्लाको स्वास्थ्य अवस्था बारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
गोष्ठीमा जिल्लाका सम्पूर्ण स्वास्थ्य केन्द्रका प्रमुख तथा कर्मचारी, जिल्लाका राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ