News Category 2073/06/15
बाढी पीडितहरुको राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउनु पर्नेमा जोड
दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
वर्षापछि आएको बाढीले डुबानमा परेका सप्तरीको विभिन्न गाविसका बाढी पीडितहरुको राहत र पुर्नस्थापनालाई प्रभावकारी बनाउने विषयमा शुक्रबार राजविराजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
एक्सन एड नेपालको सहयोग तथा सेड नेपालको आयोजनामा बाढी पीडितहरुको राहत पुर्नस्थापना कार्यलाई कसरी प्रभावकारी बनाउने विषयमा जिल्लाको बाढी प्रभावित गाविसहरु तिलाठी, रम्पुरा मल्हनिया, को.बसाईन र सकरपुरा गाविस अन्तरक्रिया कार्यक्रममा बाढीको समस्या, समाधानको उपाय, बाढी पश्चात् स्थानीय प्रशासन तथा गाविसको सक्रियता, तिनीहरुको कार्यको मुल्याङन र विभिन्न संस्थाहरुले गरेको कार्यको समेत समिक्षा गरिएको थियो ।
सेड नेपालका अध्यक्ष शुभचन्द्र झाको अध्यक्षतामा आयोजित सो अन्तरक्रिया कार्यक्रममा जिल्ला विकास समितिका निमित्त स्थानीय विकास अधिकारी धिरेन्द्र यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक राज नारायण ठाकुर, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भिम ढाकाल, तिलाठी गाविसका सचिव ओम प्रकाश ठाकुर, पत्रकार वैजनाथ झा, वैद्यनाथ यादव, श्यामसुन्दर यादव लगायतका बक्ताहरुले बाढी पीडितहरुलाई प्रभावकारी ढंगले राहत बितरण गर्नु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै बाढी प्रभावित चार गाविसमा बाढीका कारणले उत्पन्न समस्या बुभ्mने तथा अगामी दिनमा यस्तो समस्या हुन नदिनका लागि सरोकारबालाहरुले समेत ध्यान दिने उद्देश्य रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ