News Category 2073/06/16
छिन्नमस्ता शक्तिपीठ बारे बृत्तचित्र सार्वजनिक
राजविराज÷प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको विषयमा तयार पारिएको ऐतिहासिक बृतचित्र ‘सखडेश्वरी छिन्नमस्ता भगवती’ शनिवार सार्वजनिक गरिएको छ ।
शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर र छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिका कार्यवाहक अध्यक्ष रामनारायण यादवले उक्त बृतचित्रको भिडिओ सार्वजनिक गर्नुभएको हो ।
नेपाली भाषामा तयार पारिएको उक्त बृतचित्रमा छिन्नमस्ता भगवतीको इतिहास, शक्तिपीठको महत्व, विशेषता, पूजा पद्धती, शक्तिपीठ खुल्ने तथा बन्द हुने समय, शक्तिपीठसम्म पुग्ने बाटो, शक्तिपीठमा उपलब्ध सेवासुविधालगायतका विषयवस्तुहरु समावेश गरिएको समितिका कार्यवाहक अध्यक्ष यादवले जानकारी दिए ।
छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिले निर्माण गरेको उक्त बृतचित्रको निर्देशन, छायाङ्कन र उद्घोषण श्यामसुन्दर यादवले गर्नुभएको छ । सम्पादन सूर्यनारायण साह ‘बैजुु’ले गरेका छन् । बृतचित्र निर्माणमा पीठाधीश महाकान्त ठाकुर, कार्यवाहक अध्यक्ष रामनारायण यादव, पत्रकार सन्तोष चौधरी, शिवप्रताप साह, अञ्जु यादवलगायतको विशेष भूमिका रहेको बृतचित्रका निर्देशक श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ