News Category 2073/06/16
छिन्नमस्ता शक्तिपीठ बारे बृत्तचित्र सार्वजनिक
राजविराज÷प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको विषयमा तयार पारिएको ऐतिहासिक बृतचित्र ‘सखडेश्वरी छिन्नमस्ता भगवती’ शनिवार सार्वजनिक गरिएको छ ।
शक्तिपीठका पीठाधीश महाकान्त ठाकुर र छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिका कार्यवाहक अध्यक्ष रामनारायण यादवले उक्त बृतचित्रको भिडिओ सार्वजनिक गर्नुभएको हो ।
नेपाली भाषामा तयार पारिएको उक्त बृतचित्रमा छिन्नमस्ता भगवतीको इतिहास, शक्तिपीठको महत्व, विशेषता, पूजा पद्धती, शक्तिपीठ खुल्ने तथा बन्द हुने समय, शक्तिपीठसम्म पुग्ने बाटो, शक्तिपीठमा उपलब्ध सेवासुविधालगायतका विषयवस्तुहरु समावेश गरिएको समितिका कार्यवाहक अध्यक्ष यादवले जानकारी दिए ।
छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समितिले निर्माण गरेको उक्त बृतचित्रको निर्देशन, छायाङ्कन र उद्घोषण श्यामसुन्दर यादवले गर्नुभएको छ । सम्पादन सूर्यनारायण साह ‘बैजुु’ले गरेका छन् । बृतचित्र निर्माणमा पीठाधीश महाकान्त ठाकुर, कार्यवाहक अध्यक्ष रामनारायण यादव, पत्रकार सन्तोष चौधरी, शिवप्रताप साह, अञ्जु यादवलगायतको विशेष भूमिका रहेको बृतचित्रका निर्देशक श्यामसुन्दर यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ