News Category 2073/06/17
जेष्ठ नागरिकहरु सम्मानित
दैनिक समाचारदाता
राजविराज, १६ असोज ।
राष्ट्र विकासमा योगदान गर्ने सप्तरीका विभिन्न क्षेत्रका जेष्ठ नागरिकलाई आईतवार एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
सो कार्यक्रममा सप्तरी निवासी पूर्वमन्त्री चतुर्भुज प्रसाद सिंह, लोक सेवा आयोगका पूर्व अध्यक्ष सत्यनारायण झा, समाजसेवी गायत्री सिंह, बुद्धी सागर देव, अघोरी यादव, टुनटुन यादव, नारायण झा, सावित्री देवी चौधरी, महन्थी दास यादव र रामकरण शारदालाई दोसल्ला आढाएर सम्मान गरिएको हो ।
उहाँहरुलाई निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले फुलमाला र दोसल्ला ओढाई सम्मान गर्नुभएको हो ।
जेष्ठ नागरिक जिल्ला संघ सप्तरीको आयोजनामा अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आयोजना गरिएको कार्यव्रmममा निमित्त प्रजिअ अर्यालले जेष्ठ नागरिकले आर्जन गरेका ज्ञान, सीप र अनुभवलाई सवैले अत्मसात गरि राष्ट्रिय सेवामा योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
संघका अध्यक्ष शिवहरी प्रसाद भटृराईको अध्यक्षतामा आयोजित सम्मान समारोहमा प्रहरी उपरीक्षक भीम प्रसाद ढकाल, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, समाजसेवी शंकर शारदा लगायतले पनि जेष्ठ नागरिकको सम्मानद्वारा असल परम्पराको शुरुवात भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सप्तरीमा मात्र २० हजार भन्दा बढी जेष्ठ नागरिकहरु रहेको संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ