News Category 2073/06/18
मलेशियामा नेपालीहरुबाटै अपहरणमा परेका महतो मुक्त पश्चात् घर फर्किए अपहरणको योजनामा संलग्न एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
बैदेशिक रोजगारका लागि मलेशिया गएका सप्तरीका एक यूवक अपहरण पश्चात् प्रहरीको सहयोगमा मुक्त भएका छन् ।
करिब दुई वर्ष अघि सप्तरीको हर्दिया गाविस ७ निवासी २३ वर्षिय ओम प्रकाश महतो रोजगारीका लागि मलेशिया गएका थिए । अस्वस्थका कारण उनी जागिर अवधी अघि नै काम छोडेर यही असोज ८ गते घर फर्कने बेलामा मलेशियाको एक होटलमा वास बसेको बेला अपहरणमा परेका थिए ।
सोमबार राजविराजमा पीडितका आफन्तजनले पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको खुलासा गरेका हुन् ।
तीन दिन सम्म होटलमा वास बसेको महँगो परेपछि उनी त्यहाबाट बाहिर निस्कने बित्तिकै असोज ११ गते दुई नेपाली युवकले उनलाई समातेर पुनः सोही होटलमा लगेको पीडित महतोले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
आफू बसेकै होटलमा कपडा फुकालेर, हात खुट्टा बाँधेर बन्धक बनाएका ती नेपाली युवाहरुले महतोको मोबाइलबाटै सिरहाको लाहान बस्ने दाजु भागवत महतोलाई उसैबाट फोन गरेर पाँच लाख माग समेत गरेका थिए । रकम अन्य काम प्रयोजनका लागि रहेको भन्दै माग गरिएपछि दाजु भागवतले असोज ११ गते नै २ लाख रकम काठमाडौं निवासी गोकुल नेवार श्रष्ेठको नाममा आइएमई गरिदिएका थिए ।
त्यसपछि पुनः ३ लाख रकम आइएमई मार्फत नै काठमाडौंका सोही व्यक्तिका नाममा रकम पठाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रकम पाएको मलेशियामा खबर पाएपछि अपहरणकारीले ओम प्रकाश महतोलाई मलेशियास्थित एक जंगलमा छोड्न जाँदा त्यहा ट्याक्सी चालकको प्रयासमा प्रहरीलाई खबर भएपछि अपहरणकारीहरु उनलाई छोडेर फरार भएका थिए ।
अपहरण मुक्त भएपछि महतोलाई प्रहरीले आफ्नो निगरानी राखेर अनुसन्धान गरेको थियो । त्यसपश्चात् महतोले घर फोन गरेर सबै कुरा सुनाएपछि महतोका दाई भागवतले स्थानीय सद्भावनाका नेता दिनेश यादवलाई सम्पर्क गरेर नेपाली प्रहरीसँग सहयोग माग गरेका थिए ।
नेता यादवले सप्तरी प्रहरी र लाहान प्रहरीसँग समन्वय गरेर अपराध अनुसन्धान महाशाखा महाराजगन्जमा अपहरण सम्बन्धी उजुरी दिएको सोही पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
उजुरी दिएपछि काठमाडौं प्रहरीले गोकुल नेवार श्रेष्ठलाई तत्कालै पक्राउ गरेपछि श्रेष्ठले मेलेशियामा रहेका झापा जिल्ला निवासी सुजन मगरको भनाईमा आफुले रकम प्राप्त गरेको जानकारी दिएका छन् । त्यसपछि प्रहरीले श्रेष्ठले फिरौती स्वरुप लिएको ५ लाख रकम तत्कालै महतोका परिवारजनलाई बुझाएका छन् ।
प्रहरीले हाल श्रेष्ठलाई थुनामा राखेर आवश्यक अनुसन्धान अगाडी बढाइरहेको जानकारी दिँदै मलेशियामा रहेका मगर लगायत अन्यहरुलाई जसरी पनि नेपाल फर्काएर कानुनली कारवाही गर्ने प्रतिबद्धता दिएको नेता यादवले जानकारी दिनुभयो । यता अपहरण मुक्त भएका महतो भने असोज १४ गते नेपाल फर्केका छन् ।
सोही पत्रकार सम्मेलनमा नेता यादवले बैदेशिक रोजगारमा गएका नेपालीहरुको अपहरण पश्चात् हत्या हुने गरेको घटना सुन्न पाएको तर, त्यस्ता घटना नेपालहरुबाटै हुने गरेकोप्रति नेपाल सरकारले त्यस्ता घटनाप्रति गम्भिर हुनुपर्ने बताउनुभयो । उहाँले महतोलाई अपहरण गर्ने समूहको तत्कालै नेपाल सरकारले पर्दाफास गरि कानुनी दायरामा ल्याउनु पर्ने माग समेत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ