News Category 2070/06/09
छिमेकीबाट बलात्कृत बालिका गर्भवती भइन्
दैनिक संवाददाता
राजविराज, ८ असोज ।
छिमेकीबाट पटक पटक यौन शोषणमा परेकी सप्तरीकी एक १३ वर्षीया बालिका गर्भवती भएकी छिन् ।
बनैनियाँ गाविस–३ निवासी १९ वर्षीय अशोककुमार पण्डितले आफूलाई आठ महिनादेखि पटक–पटक बलात्कार गरेको पीडितले बताएकी छिन् ।
सो सम्बन्धमा पण्डितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सोमबार किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पीडित बालिकाको शारीरिक अवस्था र बयानका आधारमा जबर्जस्ती करणीमा जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पीडित बालिकाकी आमाले पीडितको सुरक्षा र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि अञ्चल अस्पताल राजविराजले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएपछि उहाँको धरानमा स्वास्थ्य परीक्षण गरिने अस्पतालले जनाएको छ । पीडित बालिकाले घरमा कोही नभएको बेला आउने पण्डितले आफूलाई डरधाक देखाई बलात्कार गर्ने गरेको र कसैलाई भनेमा ज्यान मार्ने धम्की दिने गरेको पिडीतले बताइन् ।
गत असोज ३ गते साँझ ६ बजे मजदुरीबाट फर्केकी पीडितकी आमाले नाङ्गो अवस्थामा रोइरहेकी छोरीलाई सोधपुछ गर्दा आठ महिनादेखि उनी बलात्कृत भइरहेको थाहा पाएको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ