News Category 2073/06/18
राजविराजमा फुटबल क्लिनिक संचालन हुने
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
युकेएडको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्डले पहुँच परियोजना अन्तर्गत नेपाल प्रहरी र स्थानीय संस्था सबल नेपाल सप्तरीको सहकार्यमा तिन दिने हाम्रो टिम मैदानमा नामक फुटवल क्लिनिक आयोजना हुने लागेको छ ।
सबल नेपाल राजविराजमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी सर्च फर कमन ग्राउण्डका सप्तरी फिल्ड संयोजक राजेश लोहनीले सो कुराको जानकारी दिनुभयो ।
सप्तरीको सरदमुकाम राजविराजमा मंगलबारदेखि आयोजना हुने सो फुटबल क्लिनिकमा जिल्लाका १६ देखि २९ वर्ष उमेर समुहका ६० जना युवा र २० जना प्रहरीको सहभागिता रहने तथा सो प्रतियोगिता असोज २० गतेसम्म संचालन हुने उहाँले जानकारी दिनुभयो ।
फुटबल क्लिनिक अभ्यासमा आधारित तालिम कार्यशालामा प्रहरी र युवबिच सकारात्मक संवाद स्थापनाको लागि भुमिका खेल्ने तथा सो विशेष क्रियाकलाप तथा खेलकुदको माध्यमबाट द्वन्द्व र शान्ति स्थापना, लैंङ्गिक, नेतृत्व, सहकार्य र संचारका विषयहरु बारेमा क्षमता अभिवृद्धि गरिने जनाइएको छ ।
यस्तै सो क्लिनिकको अन्तिम दिन मैत्रिपुर्ण फुटबल प्रतियोगिता आयोजना हुने तथा प्रहरी र युवाहरुको सम्मिश्रण रहने चार टिमले मैत्रिपुर्ण फुटबल खेल्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसैगरी कार्यक्रम पश्चात नियमित रुपमा प्रहरी र समुदायका युवाहरु बिच संवाद गराउने, स्थानीय शान्ति सुरक्षाका रणनितिहरु तयार पार्ने तथा त्यसका लागि सहकार्यमा आधारित क्रियाकलाप गर्ने जस्ता कार्यक्रम यस पहुँच परियोजना अन्तर्गत रहने आयोजकले जनाएको छ ।
यस्तै प्रहरी र स्थानीय युवाहरुलाई समाजमा शान्ति र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बिच विश्वास र सहकार्य बढाउनका लागि सो फुटबल क्लिनिकको लक्ष्य रहेको सबल नेपालका निर्देशक दिपक झाले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ