News Category 2073/06/18
चेतनामुलक सडक नाटक प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
बालविवाह, बहुविवाह, घरेलु हिंसाबिरुद्ध सडक नाटक “बालविवाह जिनगी तबाह” नाटक सप्तरीको भारदह र कडरबोनामा प्रदर्शन भएको छ ।
विवाह भएका बालक पढ्न शहर गएपछि उतै सँगै पढ्ने महिला साथीसँग दोस्रो विवाह गरेको र यता विवाहिता बालिकाले घरमा यौन दुव्र्यवहार, हिंसा सहनु परेको र जन्मिएको सन्तानको मृत्यु भएको कथावस्तु उक्त नाटकमा समेटिएको छ ।
प्रहरी प्रधान कार्यालय, प्रहरी अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका सेवा निर्देशनालयअन्तरगत महिला तथा बालबालिका सेवा केन्द्रको सहयोगमा लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालले सो सडक नाटक प्रदर्शन गरेको हो ।
सञ्जालका अध्यक्ष एवं नाटकका लेखक तथा निर्देशक मनोहर कुमार पोखरेलले जल्दोबल्दो मुद्दाका रुपमा रहेको लैङ्गिक हिंसा विशेषगरी महिला हिंसा, बालविवाह, लैङ्गिक विभेद, बहुविवाह, यौन शोषण, घरेलु हिंसा, दाइजो, कथित बोक्सीजस्ता सामाजिक बेथितीहरु नेपालजस्तो कम विकसित देशमा अझै तराई मधेसको ग्रामिण क्षेत्रमा सदियौंदेखि जरो गाडेर बसेको जनाउदै चिन्ता ब्यक्त गर्नुभयो ।
जिल्ला बाल क्लब सञ्जाल, सप्तरीका बालबालिकाहरुद्वारा प्रस्तुत सडक नाटकमा अमर यादव, रन्जना चौधरी, लालु चौधरी, अञ्जनी यादव, जिवेन्द्र यादव, आशिष गुप्ता, काजल चौधरी, सुरुची झा, मनिषा यादव, निरज यादव, अनिरुद्ध ठाकुर, सुमन चौधरी, दिलिप राई, बरदान श्रेष्ठ, अरुणा चोधरी लगायतले अभिनय गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ