News Category 2073/06/18
चेतनामुलक सडक नाटक प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
बालविवाह, बहुविवाह, घरेलु हिंसाबिरुद्ध सडक नाटक “बालविवाह जिनगी तबाह” नाटक सप्तरीको भारदह र कडरबोनामा प्रदर्शन भएको छ ।
विवाह भएका बालक पढ्न शहर गएपछि उतै सँगै पढ्ने महिला साथीसँग दोस्रो विवाह गरेको र यता विवाहिता बालिकाले घरमा यौन दुव्र्यवहार, हिंसा सहनु परेको र जन्मिएको सन्तानको मृत्यु भएको कथावस्तु उक्त नाटकमा समेटिएको छ ।
प्रहरी प्रधान कार्यालय, प्रहरी अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका सेवा निर्देशनालयअन्तरगत महिला तथा बालबालिका सेवा केन्द्रको सहयोगमा लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालले सो सडक नाटक प्रदर्शन गरेको हो ।
सञ्जालका अध्यक्ष एवं नाटकका लेखक तथा निर्देशक मनोहर कुमार पोखरेलले जल्दोबल्दो मुद्दाका रुपमा रहेको लैङ्गिक हिंसा विशेषगरी महिला हिंसा, बालविवाह, लैङ्गिक विभेद, बहुविवाह, यौन शोषण, घरेलु हिंसा, दाइजो, कथित बोक्सीजस्ता सामाजिक बेथितीहरु नेपालजस्तो कम विकसित देशमा अझै तराई मधेसको ग्रामिण क्षेत्रमा सदियौंदेखि जरो गाडेर बसेको जनाउदै चिन्ता ब्यक्त गर्नुभयो ।
जिल्ला बाल क्लब सञ्जाल, सप्तरीका बालबालिकाहरुद्वारा प्रस्तुत सडक नाटकमा अमर यादव, रन्जना चौधरी, लालु चौधरी, अञ्जनी यादव, जिवेन्द्र यादव, आशिष गुप्ता, काजल चौधरी, सुरुची झा, मनिषा यादव, निरज यादव, अनिरुद्ध ठाकुर, सुमन चौधरी, दिलिप राई, बरदान श्रेष्ठ, अरुणा चोधरी लगायतले अभिनय गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ