News Category 2073/06/21
भारतका पूर्व निर्वाचन प्रमुख कुरेसी र नेपालका निर्वाचन आयुक्त इलाबीच बिहे हुने !
दैनिक समाचारदाता
काठमाडौं, २० असोज ।
आगामी फागुन चैत भित्रमा स्थानीय चुनाव हुने हुने निश्चित नभए पनि निर्वाचन आयोगकी आयुक्त इलाशर्माको विहे चाँहि भारतीय निर्वाचन आयोयका पूर्व आयुक्तसँग गर्ने निश्चित भएको छ ।
भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त एसवाई कुरैसीसँग प्रेम सम्बन्धमा रहेकी शर्माको बिहे हुन लागेको भारतीय सञ्चारमाध्यमहरु टेलिग्राफ र इण्डियन एक्सप्रेसले पुष्टिका साथ प्रकाशन गरेका छन् ।
एक वर्षअघि निर्वाचन आयोग सम्बन्धी अन्तर्राष्ट्रिय सेमिनारका क्रममा मेक्सिकोमा भेट भएका शर्मा र कुरेसीबीच त्यहीँबाट प्रेमको सिलसिला शुरु भएको भारतीय पत्रिकाले खुलासा गरेका छन् ।
कुरेसी ६९ वर्षका हुन् भने इला शर्मा ४९ वर्षकी छिन् । राजनीति र पैसा विषयक गोष्ठीमा भाग लिन गएका गएका बखत सन् २०१५ को सेप्टेम्बरमा मेक्सीकोमा यो जोडीको पहिलो भेट भएको थियो । यसबीचमा दुईपटक बिहे गर्ने भनिए पनि दुईपटक नै विभिन्न कारणले रोकिएको कुरेसीले बताएका छन् ।
कुरेसी आफ्नी पत्रकार श्रीमती हुमरा कुरेसीसँग सम्बन्ध बिच्छेद गरेपछि एकल थिए भने इला शर्माका पति नवराज पौडेल माओवादीको आक्रमणमा परी जाजरकोटको पाँचकटियामा १५ वर्षअघि मारिएका थिए । उनी त्यसबेला नेपाल प्रहरीको इन्सपेक्टर थिए ।
यसैबीच आयुक्त इलाले भारतीय संचारमाध्यममा प्रकाशन भएको समाचारमा सत्यता नरहेको बताउनु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ