News Category 2073/06/20
बडा दशैको पाँचौ दिन विभिन्न शक्तिपिठहरुमा श्रद्धालु भक्तजनको संख्यामा बृद्धि
दैनिक समाचारदाता
राजविराज, १९ असोज । नेपालीहरुको महान चाड विजया दशमीको पाँचौ दिन बुधबार प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरका साथै अन्य धार्मिक स्थानहरुमा श्रद्धालु भक्तजनहरुले संख्यामा बृद्धि भएको छ ।
पुर्वाञ्चलकै प्रशिद्ध शक्तिपिठ छिन्नमस्ता मन्दिरमा वडा दशैको पहिलो दिनदेखि पुजाआजाका लागि नेपाल तथा भारतका भक्तजनहरुको दिनभरीनै घुईचो लागेको मन्दिरका पिठाधिश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
यस पटकको दशैंमा घटस्थापना अघि देखि नै भक्तजनहरु पुजाआजा तथा दर्शन गर्ने श्रद्धालु भक्तजनहरुको भिड लागेको उहाँले जानकारी दिनुभयो । बडा दशैको अवसरमा यस वर्ष बडा दशैंभरीमा ५० लाख भन्दा बढी श्रद्धालु भक्तजनहरुले सखडेश्वरी मन्दिरमा दर्शन तथा पुजाआजा गर्ने पीठाधिश ठाकुरले दाबी गर्नुभएको छ ।
उहाँले दशैंका लागि मन्दिर परिसर सरसफाई, रंगरोगन, शौचालय निर्माण, पिउने पानीको ब्यवस्था लगायतका कामहरु सम्पन्न भएको वताउँदै यस पटक मन्दिरसम्म पुग्नका लागि सडकको जिर्णोद्धार समेत भएकोले भक्तजनहरुको संख्यामा वृद्धि भईरहेको बताउनुभयो ।
पिठाधिश ठाकुरले वाहिरवाट आएका भक्तजनहरुको लागि वसोवासको समेत ब्यवस्था मिलाईएको जानकारी दिदै सुरक्षा समेत कडा गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैबिच वडा दशै अवधिभरी छिन्नमस्ता शक्तिपिठको प्राङ्गणमा युवा सशक्तिरकण संघ नेपाल लालापटीको आयोजनामा श्रद्धालु भक्तजनहरुलाई निशुल्क रुपमा श्रवत र पानीको व्यवस्था गरिएको संघका उपाध्यक्ष जय प्रकाश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार विगत केही वर्षदेखि संघले नियमति रुपमा दशै अवधिभरी श्रद्धालु भक्तजनहरुलाई सो सेवा प्रदान गर्दै आएको बताउनभुयो ।
यसैगरी भारदहस्थित कंकालनी मन्दिरमा समेत वाहिरका श्रद्धालु भक्तजनहरु उल्लेख्य संख्यामा आउन थालेको मन्दिरका पुजारी चन्द्रकान्त भारतीले जानकारी दिनुभयो ।
त्यस्तै राजविराजस्थित भगवती मन्दिर र राजदेवी मन्दिरमा पनि भक्तजनहरु उल्लेख्य संख्यामा पुजाआजा गरेका छन् ।
यसैबिच वडा दशैको अवसरमा जिल्लाको पश्चिमी भेगका पातो गाविसस्थित डाकनेश्वरी मन्दिरमा समेत भव्य रुपमा पुजाआजा गरी वडा दशै मनाईरहेका छन । सोही अवसरमा पातो बजारमा भव्य रुपमा तीन दिनसम्म जागरण तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने मन्दिर समितिका सचिव रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ