News Category 2070/06/10
पविउमावि परीक्षा केन्द्रमा प्रहरीद्वारा लाठीचार्ज
दैनिक संवाददाता
राजविराज, ९ असोज ।
प्रहरीले परीक्षार्थीहरुमाथि लाठीचार्ज गरेपछि बुधवार पनि राजविराजस्थित पविउमावि परीक्षा केन्द्रमा परीक्षा प्रभाबित भएको छ ।
प्रहरीले पक्राउ गरेका आफ्ना सहकर्मी परीक्षार्थीहरुलाई रिहा गर्नुपर्ने माग गर्दै परीक्षार्थीहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले गरेको लाठीचार्जमा एक दर्जन परीक्षार्थी घाइते भएका छन् ।
सिटिइभिट अन्तर्गतका स्टाफ नर्स, डि–फार्मा, अनमी तथा टिएसएलसीका परीक्षार्थी र सुरक्षाकर्मीबीच मंगलवार भएको विवादमा आधा दर्जन परीक्षार्थीलाई प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका परीक्षार्थीको रिहाई माग गर्दै बुधवार परीक्षार्थीहरुले पनुः परीक्षा केन्द्रमा गरेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले गरेको लाठी चार्जले परीक्षार्थीहरु रोशन झा र ममता आचार्य र रोशनी विश्वकर्मा गम्भिर घाइते भएका छन्् । घाइते तीनै जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।
सोे क्रममा प्रहरीले स्थानीय छिन्नमस्ता एजुकेशनल प्रालि.का प्रशासन प्रमुख शम्भु सिंह र परीक्षार्थीद्वय कुलबहादुर पौडेल र प्रवेज आलमलाई पक्राउ गरेको जनाएको छ ।
प्रदर्शनकै कारण विभिन्न संकायका कुल्ँ प्ाँचसय परीक्षार्थीमध्ये दुईसय परीक्षार्थी आजको परीक्षाबाट बञ्चित भएको सफटेक कलेज राजविराजका प्रमुख प्रमोद यादवले जानकारी गराउनुभयो ।
यसअघि मंगलवार पनि प्रहरीले सो केन्द्रमा हस्तक्षेप गरी ६ जना परीक्षार्थीहरुलाई परीक्षा दिएर निष्केपछि नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ