News Category 2073/06/19
खुल्ला ठाउँमा दिसा गर्ने तीन जनालाई १ हजार ५५ रुपैयाँ जरिवाना
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
खुल्ला ठाउँमा दिसा पिसाव गरेको कारणले सप्तरीका ब्रहमपुर गाविसमा थप तीन जनालाई पक्राउ गरी १ हजार ५५ रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत ब्रहमपुर गाविसमा एक घर एक चर्पी निर्माण कार्य सफल पार्नका लागि गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरको नेतृत्वमा खुल्ला दिसा पिसाव गरेकोले स्थानीय तीन जनालाई जरिवाना तिर्नुपरेको हो ।
समन्वय समितिले स्थानीय ब्रहमपुर गाविस २ का राम नारायण मण्डल ननुवा, सिताराम विश्वकर्मा र वडा न. ३ का बुधन दास सदाले बाहिर दिसा पिसाव गरेपछि जनहि १ हजार ५५ रुपैयाँ जरिवाना गराएर अगामी दिनमा खुल्ला ठाउँमा दिसा पिसाव नफेर्ने शर्तमा छाडिएको सबल नेपालका कार्यक्रम फिल्ड अफिसर देबेश कुमार चौधरीले जानकारी दिनुभयो ।
ब्रहमपुर गाविसमा एक घर एक चर्पी निर्माण कार्य सम्पन्न हुने कार्य अन्तिम चरणमा रहेको तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ब्रहमपुरको निर्णय अनुसार बाहिर दिसा पिसाव फेर्नलाई जरिवाना गर्ने निर्णय अनुसार सो कार्बाही गरिएको जानकारी दिनुभयो ।
ब्रहमपुर गाविसमा अहिले भिवासिसीको अगुवाईमा एक घर एक चर्पी निर्माण कार्य अन्तिम चरणमा पुगेको तथा सो अभियानलाई सफल पार्नका लागि नियमित घरदेलौ तथा बाहिर दिसा पिसाव फेर्न नदिनका लागि प्रहरी परिचालन तथा सिटी बजाउने कार्यक्रम संचालनमा रहेको गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति भिवासिसी ब्रहमपुरले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ