News Category 2073/06/19
सशस्त्र द्वन्द्वका क्रममा घाइते, अंगभंग भएकाहरुको निःशुल्क उपचार हुने
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सशस्त्र द्वन्द्वका क्रममा घाइते, अंगभंग भएकाहरुलाई निःशुल्क उपचारका लागि स्थानिय शान्ति समितिले पहल गर्ने भएको छ ।
सप्तरी जिल्लामा द्वन्द्व प्रभावित व्यक्तिहरुको खोजी गरी उनीहरुलाई उपचारका लागि सहयोग गर्न स्थानीय शान्ति समितिले पहल गर्ने जनाएको छ ।
राजविराजमा मंगलबार आयोजित युद्वकालका द्वन्द्व पीडितको स्वास्थ्य समस्या र समधानका उपायबारे अन्तरकृया कार्यक्रममा सो जनाकारी गराउँदै धरानस्थित वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानभित्र संचालनमा आएको पुर्नस्थापना केन्द्रमा लगी सशस्त्र द्वन्द्वका घाइते र अंगभंग भएकाहरुको उपचार गराइने जनाएको छ ।
कार्यक्रममा सहभागी वि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका चिकित्सक प्राध्यापक डा. गुरु प्रसाद खनालले शान्ति समितिको सिफारिसमा आउनेलाई निःशुल्क उपचार गर्दै धरान पुग्ने र फर्किने यातायात वापतको रकम समेत उपलब्ध गराइने जानकारी दिनुभयो ।
उहाँले केन्द्रमा सशस्त्र द्वन्द्वका घाइतेहरुको उपचार २०७४ साल असारसम्म निःशुल्क हुने बताउँदै हाडजोर्नीका सम्पूर्ण उपचार हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रहेका निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले सशस्त्र जनयुद्वका क्रममा घाइते भएका सबैको खोजी गर्न स्थानीय शान्ति समितिले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो ।
स्थानीय शान्ति समितिका अध्यक्ष निरंजन झाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी भीम प्रसाद ढकाल, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र मण्डल, वरिष्ठ पत्रकार शिबहरी भट्टराईसहितकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ