News Category 2073/06/29
मुसहर समुदायका बालबालिकाहरु अझैं शिक्षाको पहुँचबाट टाढा
दैनिक समाचारदाता
राजविराज, २८ असोज ।
सरकारले मुलुकमा सबै भन्दा बढी शिक्षामा लगानी गरेपनि सप्तरीको कोचाबखारी गाविस ७ का मुसहर समुदायका सयौं बालबालिकाहरु अझैं शिक्षाको पहुँचबाट टाढा रहेका छन ।
मुसहर बस्तिसँगै सोही वडामा रहेको जनता राष्ट्रिय प्राथमिक विद्यालयमा ती समुदायका बालबालिकाहरु पढ्न जादैनन् । त्यहाँका बालबालिकाहरु अहिले पनि दिनभरी खेलकुद तथा गाईगोरु, बाख्रा चराउनेदेखि घाँस काट्ने र मजदुरी गर्ने काममै सिमित रहने गरेका छन ।
घर नजिकै विद्यालय हुँदा हँुदै पनि आफुहरुलाई आमा बुबाले विद्यालय जान नै नभनेको कारणले विद्यालय नगएको सोही वडाकी सोना कुमारी सदाले बताइन् ।
उनीजस्तै त्यहाँका सयौं बालबालिकाहरु दिनभरी खेलकुद तथा गाई गोरु चराउने देखि घरायसी कामकाजमै सिमित रहने गरेका छन ।
घर नजिकैको विद्यालयमा पढ्न आउनका लागि बालबालिकाका अभिभावकहरुलाई सम्झाउने प्रयास गरे पनि पढ्न नआएको विद्यालयका प्रअ तेज नारायण मण्डलको कथन छ । ती मुसहर समुदायका बालबालिकाहरु शिक्षाको पहुँचबाट टाढा रहनमा स्थानिय अभिभावकहरु नैं दोषि रहेको प्रअ मण्डलको आरोप छ । समुदायका अधिकांश अभिभावकहरु रोजगारीका लागि भारतको दिल्ली, पंजाब तथा अन्य खाडी मुलुक गएकाले बाँकी रहेका अभिभावकलाई सम्झाउँदा समेत विद्यालय पठाउन नमानेको उहाँको भनाई छ ।
यता युनिसेफ र सेभ द चिल्डे«नको सहयोग तथा सेभ द सप्तरीद्वारा विद्यालयको पहुँचबाट टाढा रहेका बालबालिकाहरुलाई विद्यालयको पहुँचसम्म पु¥याउनका लागि विभिन्न सचेतनामुलक कार्यक्रम ती स्थानमा संचालन रहेपनि त्यसको खासै प्रभाव नपरेको स्थानीय सरोकारबालाहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ