News Category 2073/07/01
छठ पर्वका लागि विभिन्न सामग्री बनाउनमा व्यस्त डोम समुदाय
दैनिक समाचारदाता
राजविराज, ३० असोज ।
नजिकिदैं गरेको छठ पर्वका लागि सप्तरीका डोम समुदायलाई बाँसका विभिन्न सामग्रीहरु बनाउन भ्याई नभ्याई भएको छ ।
जिल्लाको कोचाबखारी गाविस ८ का डोम समुदायहरु अहिले दिनरात एक गरेर बाँसका विभिन्न सामग्रीहरु बनाउँनमा व्यस्त रहेका छन् । यसअघि विगत केही महिनादेखि फुर्सदमैं रहेपनि हाल आएर नजिकिदै गरेको छठ पर्वलाई ध्यानमा राखेर आफुहरु दिनरात बाँसका विभिन्न सामग्रीहरु बनाउँनमा लागिपरेको स्थानीय सिफैत मरिकले बताउनुभयो ।
उहाँ जस्तैं त्यहाँ बसोबास गर्ने करिब १० डोम परिवारका महिलादेखि बालबालिका र बृद्धबृद्धाहरुलाई समेत फुर्सद छैन । छठ पर्वलाई ध्यानमा राखेर ती डोम समुदायहरु दिनरात मेहनतका साथ बाँसका सामग्रीहरु ढकिया, छिटा, सुप, नाङलो, मौंनी लगायतका विभिन्न सामग्रीहरु बनाउँन लागि परेका छन् ।
खासगरी छठ पर्व तथा अन्य महत्वपुर्ण चाडपर्वहरुमा मात्र आफुहरुको कमाई हुने गरेको स्थानीय सुरज मरिक डोमको कथन छ । उहाँका अनुसार सो चाड पर्वको बेलामा आफुहरुले मेहनत गरेर ५ देखि १० हजार सम्मको आम्दानी गर्न सकिने बताउनुहुन्छ ।
ठिक यस्तैं त्यहाँका अधिकांश डोम समुदायहरु अहिले नजिकिदैं गरेको छठ पर्वका लागि बाँसका विभिन्न सामग्रीहरु बनाउनमा दिनरात लागिपरेका छन ।
यता बढदो आधुनिकतासँगै बाँसका विभिन्न सामग्रीहरुको विक्रि वितरणमा कमि आएपनि खासगरी चाडपर्वको समयमा ती समुदायहरुको व्यापार निकै फष्टाउने गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ