News Category 2073/07/05
छाडा चौपायाका कारण खेतीमा क्षति भएको भन्दै प्रजिअलाई ज्ञापन तीन दर्जन चौपाया स्थानियको नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, ४ असोज ।
छाडा पशु चौपायाका कारणले सप्तरीको रम्पुरा मल्हनिया गाविसका सयौं विगहा धान खेतीमा क्षति भएपछि त्यहाँका किसानहरु चिन्तित बनेका छन् ।
छाडा पशु चौपायाले बर्षेनी मेहनत साथ खेतमा लगाईएको धानबालीलाई क्षति गर्ने गरेको भन्दै स्थानीय किसानहरुले बिहिबार सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् ।
बुझाईएको ज्ञापन पत्रमा छाडा पशु चौपायाले रम्पुरा मल्हनिया गाविसको वडा न.३, ४, ७, ८ र ९ मा किसानहरुले मेहनत साथ खेतमा लगाईएको करिब ३ सय बिगहा धान बालिमा पुर्ण नष्ट गरिएको जनाइएका छ ।
स्थानीय किसानहरु छत्र मुखिया, बालेश्वर यादव, जय नारायण यादव, इनर मण्डल, बासुदेव मुखिया, गजेन्द्र नारायण यादव, सहदेव मुखिया, मोदी यादव, रामेश्वर यादव, बलदेव ठाकुर, जुगाई साह, बेचु ठाकुर, हरेराम मण्डल, नारायण मण्डल, गंगाई मण्डल, दिलिप मुखिया, रामचन्द्र मुखिया लगायतका दर्जनौ किसानहरुले सो समस्या समाधानका लागि प्रजिअ समक्ष ज्ञापन पत्र बुझाएका हुन ।
आफुहरुले मेहनत साथ खेतमा लगाईएको धानबाली अब घर भित्राईने समयमा आएर स्थानीय बासीहरुकै पशु चौपायाले खाई समाप्त गर्ने गरेको कारणले अब आफु तथा आप्mना छोराछोरीहरुलाई बर्षभरी के खुवाईने बारेमा प्रश्न स्थानीय कृषकहरुको रहेको छ ।
यता स्थानीय किसानहरुको धान बाली नष्ट गरेको भन्दै करिब ३ दर्जन पशु चौपायालाई स्थानीय किसानहरुले नियन्त्रणमा लिएका छन ।
त्यस्तै आफनो धानबाली संरक्षण गर्नका लागि आफु स्थानीय किसानहरु रातभरी जाग्राम समेत बस्दै आएको स्थानीय किसानहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ