News Category 2070/06/11
पा“च महिनादेखी बन्द अल्ट्रासाउण्ड सेवा अझै सूचारु हुन सकेन
नवीनकुमार गुप्ता
राजविराज, १० असोज ।
सगरमाथा अंचलको सबैभन्दा पुरानो अस्पताल गजेन्द्र नारायण सिंह अंचल अंचल अस्पतालमा संचालनमा रहेको अल्ट्रासाउण्ड सेवा करिब पाँच महिनादेखी बन्द रहेको छ । सो सेवा पटक पटक संचालनमा आई बन्द हुने गरेको छ ।
गत वर्ष असोज १६ गते एक दशकपछि संचालनमा आएको उक्त अल्ट्रासाउण्ड सेवा ८ महिना नबित्दै पुनः जेठ महिनामा बन्द भएको थियो ।
अल्ट्रासाउण्ड सेवा बन्द भएपछि बिरामीहरु अहिले चर्को मूल्य तिरेर निजि क्लिनिकमा सेवा लिन बाध्य भएका छन् । अस्पतालमा उक्त सेवा लिए वापत रु. ४ सय मात्र तिर्नु पथ्र्यो भने सोही सेवा निजि क्लिनिकमा ६ सय देखी ७ सय सम्म तिनुपर्ने बाध्यता रहेको छ ।
अल्ट्रासाउण्ड सेवा संचालन रहेको बेला दिनको १० देखी १५ जना बिरामीहरुले सेवा शुलभ शुल्कमा पाउने गरेको अस्पताल श्रोतले जनाएको छ ।
जनशक्ति अभावका कारण अस्पतालमा सो सेवा सूचारु हुननसकेको मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेश कुमार झाले बताउनुभयो । उहाँले भन्नुभयो “सो सेवा संचालन गर्ने चिकित्सक त्यति बेला करारमा रहेका र तलब बाहेक सेवा शुल्कको २५ प्रतिशत रकम थप माग गरेकाले अस्पतालले तिर्न नसक्ने अवस्था आई अल्ट्रसाउण्ड सेवा बन्द गर्नुपरेको हो ।”
मेसु झाले सो चिकित्सकलाई तलब र सेवा शुल्कको साढे बाह्र प्रतिशत रकम दिने गरिएको बताउनुभयो । हाल अस्पतालमा अख्तियारले छानबिन जारि राखेको हुनाले सेवा संचालन गर्नका चिकित्सकलाई दरबन्दी वा करारमा राख्न नमिल्ने उहाँले बताउनुभयो । हाल अख्तियारले अस्पतालमा विगतमा भएका विभिन्न नियुक्ति प्रक्रिया सम्बन्धमा छानबिन गरिरहेको श्रोतले जनाएको छ ।
यता तत्कालिन कामु मेसु डा. टेकनारायण मण्डलले आफू मेसु रहेको बेला अथक परिश्रम गरि विगत दश वर्षदेखी बन्द रहेको अल्ट्रासाउण्ड सेवा सूचारु गराएको बताउँदै सो सेवामा लागेको चिकित्सकको करार नियुक्ति नविकरण नहुँदा सेवा बन्द भएको प्रति आफूलाई दुःख लागेको बताउनु भयो ।
डा. मण्डलले पुरानै मेसिनलाई सूचारु गरि केही दिन पश्चात् आफूले नयाँ प्रविधीको रंगिन मेसिन ल्याए पनि त्यसको हाल कुनै उपयोग नभइ अस्पतालमा पहिलादेखी रहेको अन्य उपकरण जस्तै यो उपकरण पनि थन्किन नदिनका लागि सबैको प्रयास जरुरी रहेको बताउनुभयो ।
सो सेवा यथासिघ्र संचालन हुनुपर्ने सेवाग्राही तथा जिल्लावासीले गर्न थालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ