News Category 2073/07/07
ब्रहमपुर २९ औं खुल्ला दिसा मुक्त गाविस घोषणा
राजविराज÷सप्तरीको ब्रहमपुर गाविस जिल्लाको २९ औं खुल्ला दिसा मुक्त गाविसको रुपमा शनिबार घोषणा भएको छ ।
ब्रहमपुर गाविसमा शनिबार आयोजित एक कार्यक्रमका बीच स्थानिय विकास अधिकारी सुदेव कुमार पोखरेलले सो गाविसलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्नुभएको हो ।
ब्रहमपुर गाविसका सचिव रुन्दी यादवको अध्यक्षता तथा जिविसका योजना अधिकृत धिरेन्द्र यादवको विशिष्ट आतिथ्यमा सम्पन्न घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका ई.दिलिप साह, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रेम कुमार उपाध्याय, गैसस महासंघका अध्यक्ष शम्भुनन्द चौधरी, जिविसका वास सचिवालय मिथिलेश यादव, एसएनभि नेपालका कृष्ण जिसी, युएनह्याविटाटका जिल्ला संयोजक हरी बुढाथोकी, गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका पुर्व जिल्ला अध्यक्ष भागवत यादव, नेकपा एमालेका क्षेत्रिय अध्यक्ष निरंजन चौधरी, जिविसका सुभाष मण्डल, गंगाराम साह, सबल नेपालका दिपक झा, अशोक साह, सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झा, फिल्ड अफिसरद्वय शुभ नारायण यादव, देवेश चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यसैबिच सोही कार्यक्रममा गाविसलाई खुल्ला दिसा मुक्त गाविस घोषणा गर्ने भिवासिसी ब्रहमपुरका सम्पुर्ण पदाधिकारी, महिला स्वयसेविका, वडा नागरिक मंचका अध्यक्षहरु र सबल नेपाल सहितकाहरुलाई दोसल्ला, प्रशंसापत्र र मायाको चिनो समेत कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा प्रदान गरिएको थियो ।
यता सप्तरी जिल्लालाई सन् २०१६ सम्ममा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्य रहेकोमा सो अवधी बित्न ६८ दिन मात्र रहेपनि हालसम्म उक्त लक्ष्य प्राप्त गर्न सक्ने सम्भावना न्यून रहेको छ । जिल्लामा ९१ गाविस र ५ नगरपालिका रहेकोमा ब्रहमपुर गाविस समेत गरि हालसम्म २९ गाविसलाई मात्र खुल्ला दिसा मुक्त क्षेत्र घोषण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ