News Category 2073/07/07
जन ज्योतीको पाँचौं साधारण सभा सम्पन्न संस्थाको प्रवद्र्धन विकासमा योगदान पु¥याएका पाँच जना सम्मानित
राजविराज÷जनज्योती कृषि सहकारी संस्था मलेठको पाँचौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।
जिल्लाको मलेठ गाविस ३ स्थित संस्थाको कार्यालयमा आयोजित साधारण सभाको उद्घाटन सत्रमा वक्ताहरुले जनताहरुसँग सुमधुर सम्बन्ध कायम गरि कुनै पनि संस्थाले आफ्नो गतिविधी संचालन गरे संस्थाले प्रगति गर्न सक्ने सम्भावनालाई नकार्न नसकिने धारणा व्यक्त गरेका छन् ।
उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सहकारी बैंकका केन्द्रिय प्रबन्ध संचालक केबि उप्रेतीले सहकारी संस्थाहरुलाई राष्ट्रिय सहकारी बैंकले सरल र सुलभ तरीकाबाट न्युनतम ब्याजदरमा समुदायमा लगानी गर्न ऋण उपलब्ध गराइरहेकोमा संस्थाहरु त्यसतर्फ केन्द्रित हुनुपर्नेमा ध्यानाकर्षण गराउनु भयो ।
उहाँले विगमा केही सहकारी संस्थाहरुले गरेको कमजोरी र गल्तिका कारण अहिले पनि सरकारी नीति सहकारीप्रति उदासिन रहेकोमा आपत्ति प्रकट गर्दै अहिले सहकारी क्षेत्रमा त्यस्ता कमिकमजोरीहरुलाई न्यूनिकरण गर्न तर्फ बढी ध्यान दिइरहेको स्पष्ट पार्नुभयो । प्रबन्ध संचालक उप्रेतीले राष्ट्रिय सहकारी बैंक आउँदो दिनमा सरकारी “क” श्रेणीका केन्द्रिय बैंकहरुसँग प्रतिष्पर्धा गर्न सक्ने क्षमता बनाइसकेको जानकारी दिनुभयो ।
सोही सभामा संस्थाको प्रवद्र्धन विकासमा योगदान गरेका पाँचजनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा मिलन डेरी उद्योगका संचालक मिलन कुमार सिंह, राजदेवी पशुपालन फर्मका संचालक सन्तोष कुमार सिंह, संस्थाका शेयर सदस्य भागवत प्रसाद यादव, समाजसेवी प्रमोद काबरा र संचार माध्यमबाट संस्थाको प्रवद्र्धन विकासमा सहयोग पु¥याएका राजविराज दैनिकका सहसम्पादक नवीन कुमार गुप्ता रहनु भएको छ । उहाँलाई प्रमुख अतिथि उप्रेतीले दोसल्ला र प्रंशसापत्र दिएर सम्मान गर्नुभयो ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा तथा सहकारी डिभिजन कार्यालय लहानका रामप्रसाद सुवेदीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु कुमार मण्डल, ग्लोबल सहकारी संस्थाका संस्थापक अध्यक्ष सुखराम यादव, पत्रकार महासंघका कार्यवाहक अध्यक्ष श्रवणकुमार देवलगायतका विभन्न वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ