News Category 2073/07/08
नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरीमा हरुव चरुवा प्रथम राष्ट्रिय सम्मेलन हुँदै
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरी जिल्लामा हरुवा चरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ ।
जिल्ला सदरमुकाम राजविराजमा कात्तिक ९ र १० गते सो सम्मेलन हुन गइरहेको हरुवा चरुवा अधिकार मञ्च प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।
मध्य तराईको पर्सादेखि पूर्वी तराईको सुनसरी जिल्लासम्म विभिन्न गाउँ बस्तीमा बसोवास गरिरहेका करिब एक लाखको हाराहारीमा रहेका हरुवा चरुवाहरुको संगठन हरुवा चरुवा अधिकार मञ्चद्वारा हरुवा चरुवालाई क्षतिपूर्ति, पुनःस्थापना र मुक्तिको घोषणा, संविधान कार्यान्वयन र अधिकारका लागि प्रथम राष्ट्रिय सम्मेलन भन्ने नारासहित सम्मेलनको आयोजना गर्न लागिएको समितिका प्रचार विभागका प्रमुख मणि विश्वकर्माले जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा उहाँले राजविराजस्थित शिव मन्दिर प्राङ्गणमा सिरहा, सप्तरी जिल्लाका गाउँ गाउँबाट करिब पाँच हजार हरुवा चरुवा बँधुवा कृषि मजदूरहरुको सहभागितामा ¥यालीसहित सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
सो सम्मेलनमा मध्य तराईको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र सुनसरी जिल्लाबाट चयन भएर आएका पाँच÷पाँच जनाका दरले ४५ जना प्रतिनिधि पर्यवेक्षक र हरुवा चरुवाहरुकै नियति भोगिरहेका मध्य र सुदूर पश्चिम नेपालका मुक्त घोषणा गरिएका हलिया, कमैया र कमलहरी अगुवाहरुको सहभागितामा बन्द सत्र संचालन हुने जनाइएको छ ।
यस्तै सम्मेलनले हरुवा चरुवाको मुक्तिका लागि राजविराज घोषणा पत्र जारी गर्दै सम्मेलनको कार्तिक १० गते समापन हुने जानकारी दिइएको छ ।
यसैगरी पत्रकार सम्मेलनमा मध्य तराईको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र सुनसरी जिल्लाका १ लाख हरुवा चरुवा परिवार रहेको जनाउँदै विश्वकर्माले उनीहरुका लागि बस्ने ठाउँ नरहेपनि गाउँ ब्लक बाटो छेउमा तथा ऐलानी जग्गामा घर बनाई जसोतसो बसोबास गरिरहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ