News Category 2073/07/08
मातृ मृत्युदर र शिशु मृत्युदर न्युनिकरण गर्नमा जोड
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
सप्तरीको गम्हरीया प्रवाहा गाविसमा मातृ मृत्युदर र शिशु मृत्युदर न्युनिकरण एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
प्लान, युएसएआईडी र जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको सहयोग तथा स्वास्थ्य चौकी गम्हरीया प्रवाहाको आयोजनामा स्वस्थ समाजको लागि स्वस्थ आमा र स्वस्थ शिशु भन्ने मुल नाराका साथ गर्भवती महिला समुहको कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा सहभागिहरुले गर्भवती सुत्केरी महिलाहरुको स्याहार सुसार र हेरचारमा ध्यान गर्नुपर्नेमा जोड दिदै स्वास्थ्य नै धन हो भन्ने उखानलाई व्यवहारमा लागु गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा सहभागिहरुले गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यमा घरका अभिभावकहरुले ध्यान दिएमा कुनै पनि गाविसमा गर्भवती र सुत्केरी महिलाहरुको मृत्यु नहुने दाबी गर्दै उक्त गाविसमा बर्थिङ्ग सेन्टर संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
गाविस सचिव तथा स्वास्थ्य व्यवस्थापन समिति गम्हरीया प्रवाहाका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा निमावि गम्हरीया प्रवाहाका प्रअ बलदेव प्रसाद यादव, सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादव, स्वास्थ्य चौकीका प्रमुख रामबिलास साहसहितका बक्ताहरुले स्वास्थ्य र शिक्षामा समाज अझै पछाडी रहेकोले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा स्थानीय महिला स्वास्थ्य स्वयसेविका, वडा नागरिक मंचका संयोजकहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु सहितका सयौ जना भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ