News Category 2073/07/08
मातृ मृत्युदर र शिशु मृत्युदर न्युनिकरण गर्नमा जोड
दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
सप्तरीको गम्हरीया प्रवाहा गाविसमा मातृ मृत्युदर र शिशु मृत्युदर न्युनिकरण एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
प्लान, युएसएआईडी र जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको सहयोग तथा स्वास्थ्य चौकी गम्हरीया प्रवाहाको आयोजनामा स्वस्थ समाजको लागि स्वस्थ आमा र स्वस्थ शिशु भन्ने मुल नाराका साथ गर्भवती महिला समुहको कार्यक्रममा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा सहभागिहरुले गर्भवती सुत्केरी महिलाहरुको स्याहार सुसार र हेरचारमा ध्यान गर्नुपर्नेमा जोड दिदै स्वास्थ्य नै धन हो भन्ने उखानलाई व्यवहारमा लागु गर्नुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा सहभागिहरुले गर्भवती र सुत्केरी महिलाहरुको स्वास्थ्यमा घरका अभिभावकहरुले ध्यान दिएमा कुनै पनि गाविसमा गर्भवती र सुत्केरी महिलाहरुको मृत्यु नहुने दाबी गर्दै उक्त गाविसमा बर्थिङ्ग सेन्टर संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।
गाविस सचिव तथा स्वास्थ्य व्यवस्थापन समिति गम्हरीया प्रवाहाका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा निमावि गम्हरीया प्रवाहाका प्रअ बलदेव प्रसाद यादव, सबल नेपालका फिल्ड अफिसर शुभ नारायण यादव, स्वास्थ्य चौकीका प्रमुख रामबिलास साहसहितका बक्ताहरुले स्वास्थ्य र शिक्षामा समाज अझै पछाडी रहेकोले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा स्थानीय महिला स्वास्थ्य स्वयसेविका, वडा नागरिक मंचका संयोजकहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु सहितका सयौ जना भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ