News Category 2073/07/09
प्रहरीद्वारा पटाका र भन्सार छलेको सामान बरामद
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
सप्तरी प्रहरीले दीपावलीमा पड्काउने पटाका र भन्सार छलेर ल्याउँदै गरेको सामानहरु जिल्लाको छुट्टाछुट्टै स्थानबाट बरामद गरेको छ ।
प्रहरी चौकी झुटकीबाट खटिएको प्रहरी टोलीले झुटकी गाबिस वडा नं ६ बाट अन्दाजी ५ हजार ५ सय मुल्य बराबरको पटाका बरामद गरेको छ ।
प्रहरी टोलीलाई देखेर झोला छाडी व्यक्तिहरु फरार भएकोपछि उक्त झोला शंका लागी चेकजाँच गर्दा उक्त मुल्य बराबरको बिभिन्न प्रकारका पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको गस्ति टोलीले जिल्ला बरही ५ स्थित कुनौली सडक खण्डमा ब्यापारिक प्रयोजनका लागी भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको चार हजार ५ सय मुल्य बराबरको सामानहरु बरामद गरेको छ ।
बरामद गरिएको सामानहरुमा चकलेट ५ प्याकेट, चियापत्ती २ प्याकेट, खाने तेल ७ लिटर, भुजिया ७० प्याकेट र रङ्ग १ प्याकेट रहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ