News Category 2073/07/10
हरुवा चरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन हरुवा चरुवाको मुक्तिप्रति राजनीतिक दल बेइमान ः बलदेव राम
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
नेपालमै सबैभन्दा बढी दलितहरुको बसोवास रहेको सप्तरी जिल्लामा मंगलबारदेखी हरुवा चरुवा अधिकार मञ्चको प्रथम राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
जिल्ला सदरमुकाम राजविराजमा सुरु भएको उक्त सम्मेलनमा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र सुनसरीसहित ९ जिल्लाका हरुवा चरुवाहरुको सहभागिता रहेको छ ।
पर्सादेखि पूर्वी तराईको सुनसरी जिल्लासम्म विभिन्न गाउँ बस्तीमा बसोवास गरिरहेका करिब एक लाखको हाराहारीमा रहेका हरुवा चरुवाहरुको संगठन हरुवा चरुवा अधिकार मञ्चद्वारा हरुवा चरुवालाई क्षतिपूर्ति, पुनःस्थापना र मुक्तिको घोषणा, संविधान कार्यान्वयन र अधिकारका लागि प्रथम राष्ट्रिय सम्मेलन भन्ने नारासहित उक्त सम्मेलनको आयोजना गरिएको आयोजक समितिका सचिवालय संयोजक गणेश रामले जानकारी दिनुभयो ।
सम्मेलनको उद्घाटन गर्दै भूमि अधिकारका अगुवा एवं कार्यक्रमका प्रमुख अतिथि बलदेव रामले हरुवा चरुवाको अधिकार दिन राजनीतिक दलका नेताहरु नै बेइमान रहेको आरोप लगाउनुभयो । बारम्बार हरुवा चरुवाको समस्या बारे राजनीतिक दलका नेताहरुलाई अवगत गराउँदा समेत उनीहरु आफुहरुको समस्याप्रति वेवास्ता गर्दै आइरहेको उहाँको आरोप छ । राजनीतिक दलहरुले उदारता नदेखाएकै कारण अहिले हरुवा चरुवाहरुले विभिन्न समस्या भोग्नु परेको उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपा एमालेका सप्तरी जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले हरुवा चरुवाको आमुल परिवर्तनका लागि दवाव आवश्यक रहेको भन्दै मुक्तिका लागि दवाबमूलक आन्दोलनको आवश्यकता रहेको औल्याउँनुभयो ।
यस्तै नेपाली काँग्रेसका जिल्ला सचिव रामकुमार यादवले नेपाली काँग्रेस स्थापना कालदेखी नै सम्पूर्ण जनताका लागि गास, वास र कपासको लडाई लडिरहेको स्मरण गराउँदै गरिबसँग विशेश्वर कार्यक्रम गरिब निमुख्खा जनताहरुको लागि रहेको बताउनुभयो ।
यसैगरि माओवादी केन्द्रका जिल्ला संयोजक असर्फि सदाले पीडित, शोषणमा रहेका गरिब जनताहरुका लागि आफ्नो पार्टी सधै साथमा रहेको बताउँदै हरुवा चरुवाको मुक्तिका लागि सरकार गम्भिर हुनुपर्नेमा जोड दिनुभयो ।
यस्तै अन्य वक्ताहरुले मध्य र सुदूर पश्चिम नेपालका हलिया, कमैया र कमलहरीहरुलाई सरकारले बुधवाबाट मुक्त गरिसकेको घोषणा गरिसकेको अवस्थामा मध्य तराई मधेशमा सोही प्रवृतीका हरुवा चरुवाहरुको मुक्तिका कुनै पहल नगरेको आरोप लगाएका छन् ।
वक्ताहरुले ९ जिल्लामा एक लाखको हाराहरीमा रहेका हरुवा चरुवाको मुक्तिप्रति सरकार उदासिन रहेको आरोप लगाउँदै चाडै नै हरुवा चरुवाको मुक्तिका लागि कदम चाल्न सरकारसँग माग समेत गरेका छन् ।
यसअघि स्थानिय शिव मन्दिरको प्राङ्गणबाट ९ जिल्लाका हरुवा चरुवा बधुवा मजदुरको सहभागितामा ¥याली निकालिएको थियो । ¥यालीले राजविराज नगर परिक्रममा गर्दै शिव मन्दिर प्राङ्गणमा सम्मेलनमा परिणत भएको थियो ।
भूमि अधिकार मञ्चका सातन मण्डलको अध्यक्षतमा तथा भूमि अधिकार मञ्चका अगुवा एवं पूर्व अध्यक्ष बलदेव रामको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन सत्रमा मतदाता अधिकार मञ्चका पार्थो सरकार, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण देव, एक्सेन ऐडका शिव नारायण चौधरी, भूमी अधिकारका अगुवा यज्ञराज चौधरी लगायतले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकै अवधीमा बाल ज्योती बाल क्लब मधुपट्टी सप्तरीका बालबालिकाहरुले नृत्य प्रस्तुत गरेको थिए भने कार्यक्रममा आयोजक समितिका सचिवालय संयोजक गणेश रामले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रथम राष्ट्रिय सम्मेलन अन्तरगत मंगलबार साँझदेखी नयाँ कार्य समिति चयनका लागि बन्द सत्रको कार्यक्रम सुरु भएको आयोजक समितिले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ