News Category 2073/07/10
एमपिएल उपाधीका लागि मेसुलंका र गणपति भिड्ने फाइनल खेलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आउने
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
एमपिएलको टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा मेसुलंका राजबिराज र गणपति क्रिकेट क्लव फाईनलमा प्रतिष्पर्धा गर्ने भएको छ ।
उक्त फाईनल खेलमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको उपस्थितीमा रहने आयोजक समितिका पवन दासले जानकारी दिनुभयो ।
मंगलबार सम्पन्न सेमीफाइनल खेलमा मेसुलंकाले महोत्तरीलाई ४ बिकेटले पराजित गरेको छ भने दोस्रो खेलमा गणपति क्रिकेट क्लवले युथ एकेडमी राजबिराजलाई २९ रनले पराजित गर्दै फाइनल खेलमा स्थान सुरक्षित गरेको हो ।
सम्पन्न पहिलो सेमिफाइनल खेलमा महोत्तरीले टस जितेर २० ओभरमा ६ बिकेटको क्षतिमा १६१ रनको योगफल तयार पारेको थियो । जसमा धिरज अधिकारीले ६५ रन ईसान पाण्डेले ५८ रन बनाएका थिए । बलिंगतर्फ मेसुका बिटु कुमार २ तथा अजय राजबंशी र दलजित कुमारले १÷१ बिकेट हात पारेका थिए ।
जवाफमा १ सय ६२ रनको लक्ष्य लिएका मेसुले १९.३ ओभरमा ६ बिकेटको क्षतिमा जित हासिल गरेको हो । जसमा टिमका मुकुन्द यादवले नटआउट ४३ रन राकेश कामैत ३४ तथा बिकास दासले १३ रन वनाएका थिए । बलिंग तर्फ मोहतरीका रितेश सिंह २ गोपाल सिंह र राहुल सिंहले १÷१ बिकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच मुकुन्द यादव घोषित भएका थिए ।
यस्तै मंगलबारै सम्पन्न दोश्रो सेमिफाइनलमा टस जितेर गणपतिले १९ ओभरमा सबै बिकेट गुमाई १४४ रनको योगफल तयार पारेको थियो । जसमा राजेश सिंहले सर्वोधिक ५२ रन, अमल दास २८ तथा अमिल सिँहले १९ रन बनाएका थिए । बलिंग तर्फ युथका प्रदिप पासवान ३ बिकेट, मिकु मण्डल, दिपेन्द्र राउत २÷२ तथा फिरदोष अन्सारी र शहादत अंसारी १÷१ बिकेट हात पारेका थिए ।
जवाफमा युथले १९.२ ओभरमा सबै बिकेट गुमाई ११५ रन मात्र बनाउन सक्यो । टिमका लागी मिनेष थापा ४४, रन रबि रोय ३१ रन बनाएपनि टिमलाई जिताउन असफल भए । बलिंगतर्फ गणपतिका कुसल भुर्तेल किफाइती बलिंग गर्दे ४ बिकेट दिपेन्द्र ऐरी ३ तथा राजेश सिँह र फिरदोष अंसारीले १÷१ बिकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच दिपेन्द्र ऐरी घोषित भएका थिए । फाईनल खेल कार्तिक ११ गते गणपति क्रिकेट कल्व राजबिराज बिरुद्ध मेसुलंका राजबिराज बिच हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ