News Category 2073/07/10
दिवा खाजाप्रति बालबालिकाहरुको आकर्षण बढ्दै
दैनिक समाचारदाता
राजविराज, ९ कात्तिक ।
सप्तरीको गम्हरीया प्रवाहा गाविसका बालबालिकाहरुको दिवा खाजाप्रति आकर्षण बढ्दै गएको छ ।
गम्हरीया प्रवाहा गाविस १ स्थित निमावि प्रवाहा विद्यालयका अध्ययनरत बालबालिकाहरुको अहिले दिवा खाजाप्रति आकर्षण बढ्दै गएको हो । सो विद्यालयमा जिल्ला शिक्षा कार्यालय सप्तरीले अघिल्लो वर्ष दिवा खाजा कार्यक्रम संचालनमा ल्याएपछि विद्यालयले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएर हाल आएर दिवा खाजा कार्यक्रमप्रति बालबालिकादेखि स्थानीय अभिभावकहरुको समेत आकर्षणको केन्द्र बन्न पुगेको छ ।
उक्त विद्यालयमा २ सय ५९ छात्रा र १ सय ९३ छात्र गरी कुल ४ सय ५२ जना बालबालिकाहरु अध्ययनरत रहेको तथा टिफिनको समयमा नीजि विद्यालय जस्तै त्यहाँका स्थानीय अभिभावकहरुले दिवा खाजा घरबाट ल्याई दिने गरेका छन् ।
दिवा खाजा विद्यालयमै खाएपछि बालबालिकाहरु टिफिन पछि भाग्ने प्रवृतिमा निकै कमि आएको विद्यालयका प्रअ बलदेव प्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा यस अघि पछिल्ला केही वर्षहरुमा विद्यालयमा दिवा खाजा कार्यक्रम संचालनमा नरहेको समयमा टिफिन पछि न्युन छात्रछात्राहरुको उपस्थिति रहने गरेको थियो, तर हाल आएर दिवा खाजा कार्यक्रम संचालनमा आएपछि टिफिन पछि बालबालिकाहरु भाग्ने क्रम घटेको छ ।
खासगरी टिफिनको बेला स्थानीय अभिभावकहरुको सहयोगमा बालबालिकाहरुले विद्यालयमै बसेर दिवा खाजा खाने गरेको स्थानीय अभिभावक रामदेव साहको भनाई रहेको छ । उहाँका अनुसार यसअघि विद्यालयले दिवा खाजा खुवाएर बालबालिकाहरुलाई दिवा खाजा खुवाउने बानि बसाएपछि अहिले आफुहरुले पनि नीजि विद्यालय जस्तै सामुदायिक विद्यालयहरुमा दिवा खाजा खुवाईने गरेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/22 तलब नपाएको भन्दै शिक्षकहरुले पालिकामा गरे तालाबन्दी
- 2082/06/22 विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
- 2082/06/22 बैंकमा नाटकीय ढंगले रकम लुटेर फरार महिला समूह खोज्दै प्रहरी
- 2082/06/22 धार्मिक कार्यक्रमको विषयलाई दुई समुदायबीच विवाद
- 2082/06/22 “सार्वजनिक जग्गामा कुनै समुदायले केही नगर्ने”
- 2082/06/22 ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती मनाउने
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ