News Category 2073/07/11
१३ बुँदे घोषणापत्र जारि गर्दै हरुवा चरुवाको राष्ट्रिय सम्मेलन सम्पन्न १५ सदस्यीय केन्द्रिय समिति गठन
दैनिक समाचारदाता
राजविराज, १० कात्तिक ।
मंगलबारदेखी राजविराजमा सुरु भएको हरुवा चरुवाको प्रथम राष्ट्रिय सम्मेलन १३ बुँदे घोषणापत्र जारि गर्दै बुधबार सम्पन्न भएको छ ।
सोही सम्मेलनको बन्द सत्रबाट दसन मण्डलको अध्यक्षतामा १५ सदस्यीय केन्द्रिय समिति समेत गठन गरेको छ ।
जारि घोषणपत्रमा हरुवा चरुवाको क्षतिपूर्तिसहित मुक्तिको घोषणा गरी सुरक्षित बास र परिवार संख्याको आधारमा जग्गासहित पुनःस्थापित, हरुवा चरुवा पुनःस्थापना आयोगमा हरुवा चरुवा र महिला प्रतिनिधित्वको ग्यारेण्टी, स्थानीय निकायको निर्वाचनमा हरुवा चरुवाको प्रतिनिधित्वको सुनिश्चित, हरुवा चरुवाको उठीबासको घटना तत्काल बन्द गरी उनीहरुको नाममा रहेको सम्पूर्ण ऋण खारेजीको माग गरिएको छ ।
यस्तै राज्यले भूमिहीन दलितलाई एक पटक जमिन उपलब्ध गराउने र आवासविहीन दलितलाई बसोवासको व्यवस्था गर्ने संवैधानिक व्यवस्था तत्काल कानुन बनाई कार्यान्वयन, हरुवा चरुवाको जीविकाका लागि लघु उद्यम व्यवसाय तथा आयआर्जन सम्बन्धी विभिन्न तालिम संचालन, हरुवा चरुवाको आयआर्जनका लागि अल्पकालीन र दीर्घकालीन रुपमा अनुदान उपलब्ध, हरुवा चरुवाका छोराछोरीलाई उच्च र प्राविधिक शिक्षामा छात्रवृत्तिसहितको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
यसैगरि हरुवा चरुवालाई स्वास्थ्य सेवामा विशेष सहुलियत, भूमिहीन हरुवा चरुवासँग सरकारले गरेका सम्झौताहरु अक्षरशः कार्यान्वयन, केन्द्रीय र स्थानीय निकायको वार्षिक योजना तथा बजेटमा हरुवा चरुवा बस्तीमा खानेपानी, बिजुलीको व्यवस्था, शौचालय बनाउन नसकेर स्थनाीय निकायको सेवा सुविधाबाट बञ्चित हरुवा चरुवाका लागि शौचालय बनाउन अनुदानसहितको व्यवस्था, हरुवा चरुवाको मानवअधिकारको सम्मान गर्न जोडदार रुपले घोषणा पत्रमार्फत आवाज उठाइएको छ ।
यस्तै मंगलबार राती सम्पन्न बन्द सत्रबाट दसन मण्डल (सप्तरी) को अध्यक्षतामा चार जना पछि थप्ने गरी सर्वसम्मत १५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
चयन भएका पदाधिकारीहरुमा उपाध्यक्षद्वयमा श्रीप्रसाद सदा (धनुषा) र नारायण राम (सुनसरी), महासचिवमा रासलाल राम (सिरहा), सचिवमा नन्दन राम (बारा), कोषाध्यक्षमा राजवती मण्डल (सिरहा) रहनु भएको छ ।
त्यस्तै केन्द्रिय सदस्यहरुमा लागेन्द्र सदा (सप्तरी), रामचन्द्र सदा (महोत्तरी), मनबुद्धि उराउ (पर्सा) र रामेश्वर महरा (रौतहट) रहनु भएको छ ।
यस्तै बाँकी पाँच जनालाई केन्द्रीय समितिको अर्को बैठकले मनोनित गर्ने निर्णय गरिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ