News Category 2073/07/12
मधेश समस्या समाधानका लागि संविधान संशोधन गर्नै पर्छ ः शान्ति मन्त्री यादव
दैनिक समाचारदाता
राजविराज, ११ कात्तिक ।
शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले मधेश समस्या समाधानका लागि संविधान संशोधन गर्नै पर्ने बताउनु भएको छ ।
नेपाली काँग्रेस राजविराज नगर समितिद्वारा बिहीबार राजविराजमा दीपावली एवं छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले वर्तमान सरकार संविधान संशोधनकै लागि बनेको र संशोधन नगरिए जारि संविधान कार्यान्वयन नहुने बताउनुभयो ।
समावेशी, समानुपाति, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, सिमांकन लगायतका विषयलाई समाधान गर्नु अत्यन्त आवश्य रहेको बताउँदै सो विषयहरुको टुङ्गो नलागे मुलुक अशान्त नै रहिरहने जिकिर गर्नुभयो ।
यसैगरि उहाँले निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले अदालत समेतको अवहेल्ना गरेकाले अहिले सो मुद्दा संसदमा प्रवेश गरिसकेकोले संसदले नै टुङ्गो लगाउने धारणा राख्नुभयो ।
सो कार्यक्रममा सांसद सकलदेव सुतिहार निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्की जति दोषी देखिन्छन्, त्यो भन्दा बढी उनलाई सो पदमा स्थापित गर्ने दलहरु बढी दोषी रहेको धारणा राख्नुभयो । त्यस्तै कार्यक्रममा अर्का सांसद तेजुलाल चौधरील मधेशको माग सम्बोधनका लागि संविधान संशोधन हुन्छ भन्दै दाबी गर्नुहुँदै संविधान संशोधन नभए देशमा शान्ति नहुने बताउनुभयो । उहाँले लोकमान सिंहकार्कीलाई महाअभियोग लगाउनै पर्ने धारणा ब्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस नगर समितिका अध्यक्ष शम्भुलाल देवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादव, ट्रेड युनयिन काग्रेसकी पुर्व अध्यक्ष रितादेवी खनाल, काग्रेस सप्तरीका सचिव रामकुमार यादव, ट्रेड युनयिन कृषिका उमेश मिश्रा, पुर्व जिविस सभापति विरवल विराजी, क्षेत्रीका सभापतिहरु, जिल्लास्तरीय नेता कार्यकर्ता लगायतका बक्ताहरुले नेपाली काँग्रेसले नै मधेशको समस्या समाधान गर्न सक्ने दाबी गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ