News Category 2070/02/30
१० करोड अवधारणामा उत्कृष्ठ ““मुठिया बचत”” योजना
दैनिक संवादाददाता
राजविराज, २९ जेठ ।
सप्तरीको ग्लोबल बहुमुखी सहकारी संस्थाले संचालन गरेको ‘मुठिया बचत’ कार्यक्रमले विश्वव्यापी मान्यता पाएको छ ।
अमेरिकास्थित माइक्रो क्रेडिट समिट क्याम्पियन अन्तर्गतको रिजल्ट एजुकेशनल फन्डको मुख्य कार्यालयले बचतको नयाँ शैली रहेकाले मुठिया बचत योजनालाई १० करोडमध्ये उत्कृष्ट घोषणा गरेको छ । उक्त कार्यालयले मुठिया बचत योजना नौलो प्रकृया भएकाले यसलाई विश्वमा चिनाउने अवसर दिइएको जनाएको छ ।
ग्लोबल सहकारी संस्थाका अध्यक्ष सुखराम यादवले १५ बर्षअघि मुठिया बचत योजनाको अवधारणा अगाडि ल्याउनुभएको थियो । यो योजना संचालन भएको हालसम्म १५ करोड ४६ लाख मुठी चामल संकलन भइसकेको उक्त संस्थाले जनाएको छ । मुठिया बचत योजनामा अहिले सप्तरीका ७ हजारभन्दा बढी महिलाको सहभागिता रहेको छ ।
विश्वभरीको १० करोड नौलो अवधारणामा जेठ २८ गते मंगलबारका दिन अमेरिकास्थित माइक्रो क्रेडिट समिट क्याम्पियनले ग्लोबलको मुठिया बचत योजनालाई लघुबित्तको क्षेत्रमा नयाँ विचारको स्थान ओगटन सफल भएको ग्लोबल अध्यक्ष सुखराम यादवले बुधबार राजविराजमा पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।
अब अमेरिकाको उक्त संस्थाले यो योजनालाई विश्वभरि फैलाइनेछ । संसारभरि आउने नयाँ अवधारणा, विचारलाई संसारको बिभिन्न ठाउँमा प्रवाह गर्दै यो सस्थाले साटासाट गर्ने काम गर्दै आएको छ । मुठिया बचतलाई संसारभरि फैलाउन अब उक्त संस्थाले पहल गर्ने र यसको उत्थानका लागि अनुदान सहयोगको व्यवस्था समेत मिलाउनेछ ।
संस्था अध्यक्ष यादवले मुठिया
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/21 लालपुर्जा माग्दै नापी कार्यालयमा घेराउ र धर्ना
- 2082/01/21 महायज्ञको मुख्यमन्त्री सिंहले गरे शुभारम्भ
- 2082/01/21 बैशाख २३ र जेठ २८ गते मधेशमा सार्वजनिक बिदा
- 2082/01/21 महिलालाई आत्मनिर्भर बनाउने प्रयास
- 2082/01/19 आन्दोलित नगरवासीद्वारा हस्ताक्षर संकलन अभियान सुरु
- 2082/01/19 रोकिराखेको टिपरमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु
- 2082/01/18 संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
- 2082/01/18 पर्यटन प्रवर्धन र विकासका लागि पर्यटन बोर्ड छिट्टै गठन हुँदैछ ः मन्त्री अली
- 2082/01/18 तीन वर्षभित्रै सुकुम्बासी, अव्यवस्थित बसोबासी समस्याको समाधान हुन्छ ः अध्यक्ष रिजाल
- 2082/01/18 जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी ...
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ