News Category 2073/07/13
छठपछि आन्दोलन ः अध्यक्ष महतो
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गर्नुभएको छ ।
सप्तरीको रम्पुरा मल्हनिया गाविसमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहँुदै उहाँले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हुने चेतावनी दिनुभयो । अध्यक्ष महतोले संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिने चेतावनी दिनुभयो ।
स्थानीय बालेश्वर यादवको अध्यक्षतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा सद्भावना पार्टीका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, उपाध्यक्ष नवलकिशोर साह, केन्द्रिय सदस्यहरु दिपेन्द्र चौधरी, सत्य नारायण यादव, अमरनाथ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, विद्यार्थी मंचका शम्भु कुमार यादव, महिला मंचकी पुनम यादव, मधेश रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव सहितका केन्द्रदेखि जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुले आ–आप्mनो मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
यसैबिच सप्तरीको रम्पुरा मल्हनिया तथा झुटकी गाविसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेस, एमाले माओवादी सहित विभिन्न पार्टी परित्याग गरी सद्भावना पार्टीमा सयौं नेता तथा कार्यकर्ताहरु प्रवेश गरेको सदभावना पार्टीले जनाएको छ ।
जसमा रम्पुरा मल्हनियाँ गाविसका ४ सय २५ जना र सकरपुरा ६० जना, तिलाठीका माओवादी केन्द्रका डिसिएम शिबनारायण यादवसहित सयौ जना कार्यकर्ताहरु सो पार्टीमा प्रवेश गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ