News Category 2073/07/13
छठपछि आन्दोलन ः अध्यक्ष महतो
दैनिक समाचारदाता
राजविराज, १२ कात्तिक ।
सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गर्नुभएको छ ।
सप्तरीको रम्पुरा मल्हनिया गाविसमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्नहुँदै उहाँले यस्तो माग गर्नुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहँुदै उहाँले सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हुने चेतावनी दिनुभयो । अध्यक्ष महतोले संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन सकिने चेतावनी दिनुभयो ।
स्थानीय बालेश्वर यादवको अध्यक्षतामा आयोजित सो पार्टी प्रवेश कार्यक्रममा सद्भावना पार्टीका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, उपाध्यक्ष नवलकिशोर साह, केन्द्रिय सदस्यहरु दिपेन्द्र चौधरी, सत्य नारायण यादव, अमरनाथ मण्डल, जिल्ला अध्यक्ष सुनिल कुमार झा, पार्टीका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव, विद्यार्थी मंचका राष्ट्रिय अध्यक्ष किशोर कुमार यादव, विद्यार्थी मंचका शम्भु कुमार यादव, महिला मंचकी पुनम यादव, मधेश रक्षा बाहिनी प्रमुख बिनोद कुमार यादव सहितका केन्द्रदेखि जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुले आ–आप्mनो मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
यसैबिच सप्तरीको रम्पुरा मल्हनिया तथा झुटकी गाविसमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली काग्रेस, एमाले माओवादी सहित विभिन्न पार्टी परित्याग गरी सद्भावना पार्टीमा सयौं नेता तथा कार्यकर्ताहरु प्रवेश गरेको सदभावना पार्टीले जनाएको छ ।
जसमा रम्पुरा मल्हनियाँ गाविसका ४ सय २५ जना र सकरपुरा ६० जना, तिलाठीका माओवादी केन्द्रका डिसिएम शिबनारायण यादवसहित सयौ जना कार्यकर्ताहरु सो पार्टीमा प्रवेश गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ